टाटा मोटर्स कार मेला आजसम्म

टाटा मोटर्स कार मेला आजसम्म

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबारदेखि सुरु गरेको टाटा मोटर्स कार मेला आइतबार सकिँदैछ । काठमाडौंको नक्साल बैंक्वेटमा आयोजना भइरेहको उक्त मेला दिउँसो १ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म सञ्चालन भइरहेको छ । कम्पनीको उत्कृष्ट कार्यक्रमको रूपमा रहेको यस कार मेलामा हरेक वर्ष ग्राहक तथा शुभेच्छुकबाट सकारात्मक प्रतिक्रिया आएको कम्पनीले जनाएको छ ।

वार्षिक रूपमा आयोजना हुँदै आएको यो मेलामा ग्राहकले विभिन्न आकर्षक अफरका साथ टाटाका कार खरिद गर्ने सक्नेछन् । उक्त मेलाको उद्घाटन बिहीबार टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर, अजित सिंह र सिप्रदी ट्रेडिङ प्रालिका जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रूपमा गरेका थिए । कार मेला सिजन ५ को मुख्य आकर्षणमा टाटा प्यासेन्जर गाडीको बृहत् प्रदर्शनी, एक्सचेन्ज सुविधा, अन द स्पट फाइनान्स र बिमा सुविधा, टेस्ट ड्राइभलगायत विभिन्न सांगीतिक एवं मनोरन्जनात्मक कार्यक्रम छन् ।

मेलामा ग्राहकलाई गाडी खरिद गर्दा चार लाखसम्म नगद छुट, आकर्षक उपहार, एक्सचेन्जमा एउटा निःशुल्क वास कुपन, हरेक टेस्ट ड्राइभमा दुईवटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बिमा सुविधा र बुकिङमा एउटा जोडीलाई थाइल्यान्ड ट्रिपको अफर प्रदान गरिने कम्पनीले जनाएको छ । विशेष गरी कारका पारखीका लागि लक्ष्य गरी आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.