रेनो एक्सपिरियन्स कार्यक्रम सुरु

 रेनो एक्सपिरियन्स कार्यक्रम सुरु

काठमाडौं : नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक) ले रेनो कार प्रेमीका लागि रेनो एक्सपिरियन्स कार्यक्रम आयोजना गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा पुरानो कारका प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न पाउनेछन् ।

रेनोको क्विड, डस्टर र लजी मोडलमा एक्सचेन्ज उपलब्ध छ । अभियानअन्तर्गत वर्षभरिका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मूल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै पाँच वर्षसम्मको बिस्तारित वारेन्टी जस्ता अफर उपलब्ध गराइएको छ । यो अभियान शनिबारसम्म बुटवल र बिर्तामोडमा आयोजना भएको थियो ।

साथै यो अभियान आइतबारदेखि मंगलबारसम्म भैरहवा र विराटनगरमा, साउन २५ गतेदेखि २७ सम्म दाङ र नारायणघाटमा र २८ देखि ३० गतेसम्म धनगढी र पोखरामा हुनेछ । रेनो एक्सपिरियन्सले ग्राहकलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारबारे जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.