पल्सर डेयरभेन्चरको तेस्रो सिजन हुने

पल्सर डेयरभेन्चरको तेस्रो सिजन हुने

काठमाडौं: नेपालमा बजाजको अधिकृत बिक्रेता हंसराज हुलासचन्द बजाज कम्पनीले सामसङसँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजन आयोजना गर्ने भएको छ। कार्यक्रम ‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स' भन्ने नाराका साथ आयोजना हुने भएको छ।

पल्सर डेयरभेन्चर बजाजले आयोजना गरेको नेपालको पहिलो बाइक रियालिटी सो हो । सन् २०१४ मा सुरु भएको पल्सर डेयरभेन्चरको दोस्रो सो सन् २०१६ मा भएको थियो। पल्सर डेयरभेन्चरको तेस्रो सिजनमा १० प्रतियोगीले नयाँ पल्सर बाइकमा ‘अन-अफ रोड' हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् ।

यस प्रतियोगितामा सामेल हुने प्रतियोगीले विभिन्न तालिम लिएको हुनुपर्छ। कार्यक्रममा प्रथम हुनेले १० लाख रुपैयाँ र पल्सर एनएस, दोस्रो हुनेले पाँच लाख रुपैयाँ र पल्सर एनएस तथा तेस्रो हुनेले पल्सर एनएस पाउने कम्पनीले घोषणा गरेको छ। यसका अतिरिक्त राइडकै क्रममा प्रतियोगीले फरक–फरक विधामा आकर्षक उपहार पनि जित्ने सक्नेछन्। यस पटक कार्यक्रममा सहभागी हुने प्रतियोगीलाई दर्ता निःशुल्क गरिएको छ।

प्रतियोगिताका लागि कुनै पनि ब्रान्डका बाइक प्रयोग गर्न सकिनेछ। प्रतियोगितामा भाग लिन चाहनेले नजिकैको बजाज सोरुममा गएर आधिकारिक सवारीचालक अनुमतिपत्र, नागरिकता र दुई प्रति फोटोसहित दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ। प्रतियोगितामा सहभागी हरेक बाइकर्सले पल्सर डेयरभेन्चर ३ को अन्तिम १० मा छनोट हुन अडिसन, फिजिकल फिटनेस टेस्ट, अब्स्ट्याकल टेस्ट, मेडिकल टेस्ट र एटिट्युड टेस्ट पास गर्नुपर्नेछ।

अन्तिम १० प्रतिस्पर्धीले ग्रुमिङ सेसन पनि उत्तीर्ण गर्नुपर्नेछ। प्रतियोगिता काठमाडौंबाट सुरु भई घाँसीकुवा, बेसीसहर, बाहुनडाँडा हुँदै खाङ्गसार, मनाङ पुग्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.