रोथो मेन्थोलेटमद्वारा निःशुल्क आँखा शिविर
काठमाडौं: रोथो मेन्थोलेटम जापानी कम्पनीले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै साउन २१ गते निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
विभिन्न कस्मेटिक र स्किन केयर प्रोडक्ट सय वर्षदेखि उत्पादन, मार्केटिङ गर्दै आएको र उक्त कम्पनीकै भि–रोथो (आँखाको औषधि) विगत ४० वर्षदेखि जापानमा पहिलो स्थानमा छ ।
यही भि–रोथो औषधि पछिल्लो एक वर्षदेखि नेपाली बजारमा उलपब्ध हुँदै आएको छ । कम्पनीले प्रोफेसनल सपोर्ट सर्भिस नेपाल तथा पाटन दरबार संरक्षण समितिको सहयोगमा पाटन कृष्ण मन्दिर परिसरमा २१ गते निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम गरेको जनाएको छ ।
उक्त शिविरमा आठ सय ५० भन्दा बढीले आँखा परीक्षण गराएका थिए । जसमध्ये ८० प्रतिशतमा आँखासम्बन्धी रोग देखिएको चिकित्सले जानकारी दिएका छन् । नेपाल आँखा अस्पतालकी प्रमुख डा. सबिना श्रेष्ठको नेतृत्वमा १० जना चिकित्सकले आँखा जाँच गरेका थिए ।