नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ: साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन्।

 

सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो। यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक रिसोर्टको अवार्डको शीर्षक भने खुलाइएको छैन।

रिभरफनका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता सो अवार्ड लिनुभएको थियो। रिसोर्टका निर्देशक राजन सिंखडाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको बताउँदै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अवार्डले व्यावसायिक जिम्मेवारी बढाएको र सेवालाई गुणस्तरीय र सुविधायुक्त बनाउन प्रेरणाका साथ लागिपर्ने उनले बताएर

नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने व्यवसायी सिंखडाको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.