६ बुँदे सहमतिपछि ओखरपौवामा फोहोर फाल्न सुरु

६ बुँदे सहमतिपछि ओखरपौवामा फोहोर फाल्न सुरु

नुवाकोट: काठमाण्डौं महानगरपालिकासंग सहमतिपछि स्थानीयले नुवाकोट औखरपौवामा फोहोर फाल्न दिएका छन्। विभिन्न माग राख्दै एक सातादेखि फोहोर फाल्न अवरोध गर्दै आएका स्थानीय र महानगरबीच ६ बुँदे सहमति भएपछि आइतबार देखि फोहोर फाल्न सुरु गरिएको हो।

काठमाडौं उपत्यकामा संकलन गरिएको फोहोर ओखरपौवास्थित सिसडोलमा बिसर्जन गरिदै आएको छ। यहाँ दैनिक सातसय ५० टन फोहोर फालिदै आएको छ।

महानगरले फोहोर क्षेत्र प्रभावितको घर, जग्गा तथा टहराको क्षतिपुर्ति दर निर्धारण गरेर दिनेलगायतका प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता जनाएको छ। महानगरपालिकाले गत बर्षदेखि सिसडोल आसपासका चारसय जनालाई विभिन्न प्रकारका क्षतिपूर्ति दिदै आएकोमा सबैलाई एकै किसिमको क्षतिपूर्ति दिनु पर्ने माग गर्दै स्थानीयले गत सोमबार देखि फोहोर फाल्न अवरुद्ध गरेका थिए।

काठमाडौ महानगरपालिकाले फोहोरको बिसर्जनबाट स्थानीयलाई नौसय मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रति स्क्वायर मिटर घरको २० र टहराको १५ रुपैया मासिक क्षतिपुर्ति दिदै आएकोमा त्यसमा असहमति जनाउंदै फोहोर फाल्न रोक लगाएका थिए। सिसडोल आसपास चारसय मिटर दुरी भित्र पर्ने जग्गा प्रति स्क्वायर मिटरको ५० र गोठ र टहराको ३० रुपैयाँ र दुई बालीको क्षतिपूर्ति दिदै आएकोमा समान रुपमा अधिकतम रकम क्षतिपूर्ति दिनुपर्ने माग गरेपछि समस्या आएको काठमाडौ महानगरपालिकाले जनाएको छ। चारसय जनाले सो क्षतिपुर्ति पाउंदै आएका थिए।

काठमाडौँ महानगरपालिकाले सुरुमा तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा १३ वर्षदेखि फोहोर फाल्दै आएको छ। महहानगरपालिकाले उचित रुपमा फोहोर बिसर्जन, औषधि छर्कने, फोहोर माटोले पुर्ने, सडकको सुधार गर्ने, लिचडको प्रशोधन, फोहोर फ्याक्न आउने मूल सडकको स्तरोन्नति गर्ने प्रतिवद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.