राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको नेतामा बोहरा

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा निर्वाचित भएका छन्।

 

आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा विक्रम पाण्डेलाई चयन गरेको छ। व्यवस्थापिका-संसदमा यस पार्टीका १८ सांसद छन्।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र आसन्न तेस्रो चरणको स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा छिट्टै सहभागी हुन लागेको अध्यक्ष पशुपति शम्शेर जबराले जानकारी दिए।

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दल मान्यता प्राप्त गरेको हो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.