साइबर आक्रमणबारे चीनियाँ नागरिक अनविज्ञ
तियानजीङ: चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ। उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ।
र्चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए। साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा 'सामान्यतया ठिकै' भन्ने जवाफ दिएका छन्।
सर्वेक्षणकर्ताहरुले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये झण्डै ४० प्रतिशतले ठुला साईबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन्। झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरुलाई कुनै असर नपर्ने सोचेका रहेछन्।