ट्रम्प खराब मात्रै हैन असल पनि छन्
यही कात्तिक ७ गते अन्नपूर्ण पोस्ट्मा केशवप्रसाद भट्टराईको ‘ट्रम्पको महाभियोग चुनौती’ शीर्षकको लेख पढें । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा जित्दैनन् भन्दाभन्दै जिते । संसारका धेरैजसो मिडिया उनको विपक्षमा उभिए पनि । हिलारीको पक्षमा जनमत भन्ने समाचारले ठाउँ पाए । ट्रम्पले चुनाव जित्न सक्दैनन् भन्ने सबैको निष्कर्ष असफल भयो ।
ठूलो र जिम्मेवार पदमा बस्नेहरूले धेरै सोचेर कदम उठाउनुपर्छ । जुन देशले उनलाई ठूलो बनाएको हुन्छ उसले उनको चिहान खन्न पनि हिच्किचाउँदैन । यो कुरा लालुप्रसाद यादव र परवेज मुसर्रफदेखि इन्दिरा गान्धीको हकमासम्म लागू भएको छ । इन्दिरा गान्धीलाई दुर्गाको अवतार भनिएको थियो, तिनै इन्दिरालाई इमर्जेन्सीपश्चात जनता र अदालतले हराइदिए । अतः सर्वोच्च पदमा बस्न उत्तिकै सावधानी पनि आवश्यक छ ।
उनै जनता जसले इन्दिराको हत्याको विरोधमा हिंसा नै मच्चाएका थिए । ट्रम्पलाई महाभियोग वा जे लगाएर हटाइयो भने अमेरिकामा त्यस्तै खतरा निम्तिन बेर लाग्दैन । ट्रम्प विल्कुलै खराब मात्रै हुन् भन्ने पनि हुँदैन । भारतप्रति उनको दृष्टिकोण र आतंकवादप्रति उनको धारणा स्वागत गर्न योग्य छ । उत्तर कोरियाप्रतिको उनको अभिव्यक्ति मन पर्छ । ट्रम्प सर्वथा अयोग्य मानिस छैनन्, जसरी मिडियाले हल्ला गरिरहेको छ ।
-डा.शिवशंकर यादव,छपकैया, वीरगन्ज
यो पनि पढ्नोस