ट्रम्पको फोनले सैनिक पत्नी दुःखी

ट्रम्पको फोनले सैनिक पत्नी दुःखी

वासिङटन : आतंककारी समूह इस्लासमक स्टेट (आइएस)को आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् ।

यसै महिनाको शुरुमा नाइजरमा आइएससँगको भिडन्तका क्रममा चारजना अमेरिकी सैनिक मारिएका थिए । तिनैमध्येका एकजना सार्जेन्ट ला डेभिडकी पत्नीले यस्तो बताएकी हुन् । त्यस क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा चर्चामा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गरेको बताइएको छ । त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमान्को नाम सम्झन नसकेको उनले दुःखेसो पोखेकी छिन् । उनले अमेरिकी सञ्चारलाई पनि प्रतिक्रिया दिएकी छिन् ।

 

उनले भनेकी छिन्, ‘मेरा श्रीमान्ले देशका लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका शहीदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।’ डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरा गर्दै सोमबार यस्तो दुःखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झनै रुवाएको बताएकी थिइन् ।

डेभिडकी गर्भवती पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको बताइन् । यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । नाइजरमा आइएस उग्रवादीहरूको हमलामा चारजना अमेरिकी सैनिक मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.