ट्रम्प चीनबाट भियतनाम उडे
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने चीन भ्रमण पूरा गरेका छन् । चीनको भ्रमण सक्काएर शुक्रबार बिहान उनी भियतनाम प्रस्थान गरेका छन् ।
तीन दिने चीन भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । सीसँगको भेटमा अमेरिका-चीन सम्बन्ध सुदृढ बनाउँने कुरामा ट्रम्पले महत्वपूर्ण सहमतिहरु गरको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।
ट्रम्पले भियतनामको दा नाङमा हुने एसिया प्यासिफिक आर्थिक सहयोग(ईपीईसी)को २५ औं इकोनोमिक लिडर मिटिङमा सहभागी भई त्यसलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताइको छ । भियतनाम भ्रमणका क्रममा ट्रम्पले त्यहाँका राष्ट्रपति तान दाइ क्वाङसहित अन्य शीर्ष भियतनामी नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । यसै कार्यक्रममा सहभागी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि शुक्रबार भियतनाम प्रस्थान गरेको सिन्हवाले जनाएको छ ।
५ नोभेम्बरबाट एसियाका विभिन्न देशको भ्रमणमा निस्किएका ट्रम्प जापान, दक्षिण कोरिया हुँदै बुधबार चीन आइपुगेका हुन्।