फ्रान्सेली राष्ट्रपति साउदी अरेबियामा

फ्रान्सेली राष्ट्रपति साउदी अरेबियामा

रियाद: साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले बिहीबार अबेर तिर साउदी राजकुमारसँग भेटवार्ता गरेका छन्। उनी अचानक साउदी अरेबियाको भ्रमणका लागि रियाद पुरेका हुन्।

 

बिहीबार अपराह्‍न आइपुगेका उनले साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताका विषयमा बढी कुराकानी गरेको बताइएको छ।पछिल्लो समयमा लेबनान र अरु कूटनीतिक विषयलाई लिएर साउदी अरेबिया र इरानका बीचमा सम्बन्ध चिसिएको छ। यस्तो बेलामा फ्रान्सेली राष्ट्रपतिले गर्नुभएको साउदी अरेबियाको अकस्मात भ्रमणलाई महत्वका साथ हेरिएको छ।

लेबनानसँग फ्रान्सको राम्रो सम्बन्ध रही आएको बताइन्छ। साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान पनि बीचमा आएको बताइएको छ।

केही दिनमात्र अघि साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न सूचना जारी गरेको थियो। त्यसपछि फ्रान्सेली राष्ट्रपतिको साउदी अरेबियाको भ्रमण तय भएको थियो।

पछिल्लो तनावका बीच साउदी विदेशमन्त्रालयले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि भनेको बताइएको छ।

फ्रान्सेली राष्ट्रपतिले साउदी अरेबियाको भ्रमण गरिरहँदा यता साउदी अरेबियाले भने आफ्नो देशमा भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ।

यस क्रममा उसले सयौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने भन्दै नियन्त्रणमा पनि लिइरहेको छ। विश्लेषकहरुका अनुसार साउदी अरेबियाका राजकुमार यतिखेर शक्तिशाली शासक भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.