भ्यानको ठक्करले तीन महिने बालिकाको मृत्यु

भ्यानको ठक्करले तीन महिने बालिकाको मृत्यु

भक्तपुर: भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा मारुती भ्यानले ठक्कर दिँदा तीन महिने बालिकाको ज्यान गएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पाण्डोबजारबाट सुन्दरबस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ नम्बरको मारुती भेनले ठक्कर दिँदा घाइते भएकी तीन महिने बालिकाको उपचारको क्रममा ज्यान गएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रसाईंले भ्यानले सुरुमा जिल्ला काभ्रे मिल्छे घर भई हाल पाण्डोबजार बस्ने ३५ वर्षीया सरोज घ्यावाकी ११ वर्षीया लक्ष्मी घ्यावालाई ठक्कर दिएको थियो । भ्यानको ठक्कर लागेकी लक्ष्मीले तीन महिनाकी बहिनी खुसी घ्यावालाई बोकेकी थिइन् ।

भ्यानको ठक्कर लागेर आँत्तिएकी लक्ष्मीको हातबाट बहिनी खुसी सडकमा खस्न पुगेकी थिइन् । हातबाट खस्न गई घाइते भएकी खुसीलाई उपचारका लागि भक्तपुर नपा ७ स्थित सिद्धि स्मृति अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिए ।

घटनामा संलग्न सवारी र त्यसका चालक पाण्डोबजार नै बस्ने ३४ वर्षीय किशोरकुमार सुकुभुटु प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.