महिला भलिबलमा न्यु डायमन्ड च्याम्पियन

महिला भलिबलमा न्यु डायमन्ड च्याम्पियन

काठमाडौं : शिवम् न्यु डायमन्ड एकेडेमीले आफ्नै नाममा आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै शिवम् न्यु डायमन्डले उपाधि जितेको हो।

नयाँ बसपार्कमा मंगलबार सम्पन्न फाइनल खेलमा पहिलो सेट २६–२४ ले गुमाएको शिवम् न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर उपाधि कब्जा गर्‍यो। शिवम् न्यु डायमन्डले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–२३, २८–२६ र २५–२३ जित्यो।

शिवम् न्यु डायमन्डको जितमा चर्चित खेलाडी प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट पाँच र ब्लकबाट तीन अंक जोडिन्। त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट महŒवपूर्ण ६ अंक जोडिन्। कप्तान ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट एकएक जोडिन्।

एपीएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकबाट २१, सर्भिसबाट तीन र ब्लकबाट दुई अंक प्राप्त गरिन्। एपीएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट एक र सर्भिसबाट एक अंक टोलीको खातामा चढाइन्।

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उपाधि विजेता शिवम् न्यु डायमन्डले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो। यस्तै उपविजेतामा सीमित एपीएफले एक लाख एक हजारमा चित्त बुझायो। तेस्रो स्थान हासिल गरेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो।

मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पोखराको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शिवम् न्यु डायमन्डकी प्रतिभा माली घोषित भइन्। उनले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले प्रायोजन गरेको नगद १० हजार प्राप्त गरिन्। यस्तै एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, आर्मीकी संगम महतो बेस्ट ब्लकर, शिवम् न्यु डायमन्डकी ललिता नाथ बेस्ट क्विकर, न्यु डायमन्डकै पनामिका राई बेस्ट सर्भर न्यु डायमन्डकै सलिना श्रेष्ठ बेस्ट लिब्रो, कृपा अधिकारी बेस्ट सेटर घोषित भए। सबैले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बेस्ट प्रशिक्षक बनेका शिवम् न्यु डायमन्डका कुमार राईले १५ हजार पुरस्कार प्राप्त गरे।

माघ २१ बाट सुरु भएको प्रतियोगितामा चार टोलीको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.