नेपालगन्जको भारगव विकास बैंकले जित्यो एक लाख
काठमाडौं : अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट नेपालगन्जको भारगव विकास बैंंकले नगद एक लाख रुपैयाँ उपहार जितेको छ । सिनर्जी फाइनान्सका डेपुटी सिईओ राजेश मानन्धरले बुधबार गरेको लक्की ड्रबाट रसिद नम्बर १२१०३ को भारगव विकास बैंकले नगद एक लाख रुपैयाँ जितेको हो ।
हरेक दिन गरिने लक्की ड्रको एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आएको छ । अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्ना साथ हात हातै इलेक्ट्रोनिक्स् ब्लड प्रेसर मेसिन बिपी मेसिन उपहार पाउनेछन् ।
हरेक दिन एक १ जना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ समेत उपहार पाउछन् ।
प्रतिक्रिया दिनुहोस !
३