पत्रकार मोहन मैनालीलाई विकास पत्रकारिता सम्मान

पत्रकार मोहन मैनालीलाई विकास पत्रकारिता सम्मान

काठमाडौं : विकास पत्रकार मञ्च (फोडेज), नेपालले यस वर्षको विकास पत्रकारिता सम्मान पत्रकार मोहन मैनालीलाई प्रदान गरेको छ। फोडेजको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक भारतदत्त कोइरालाले मैनालीलाई सम्मान प्रदान गरे।

सम्मानपछि कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको समग्र विकास र समृद्धिका लागि विकास पत्रकारिता अपरीहार्य भएको बताए। विकास पत्रकारिताका लागि आफू पानीमुनि पुग्नसमेत तयार रहेको बताउँदै उनले भने, ‘४५ वर्ष अघिदेखि विकास पत्रकारिताको सन्देश दिन थालेको रहेछु, संघीयता कार्यान्वयनसँगै अबका दिनमा विकास पत्रकारिताले स्थान पाउने देखेको छु किनकी सञ्चारविना विकासको कल्पना पनि गर्न सकिन्नँ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले स्थानीय तहलाई अनुसूचीमार्फत दिएका २२ अधिकारको कार्यान्वयन भएनभएकोमा कलम चलाउनुपर्ने बताए। उनले भने, ‘मुलुक र नागरिकको शान्ति, समृद्धि र विकास गर्ने सशक्त माध्यम सञ्चार भएकाले सिंहदरबार जनताको घरघरमा पुगेनपुगेको खबरदारी गरिरहनुपर्छ।’

मैनालीले राजनीतिक समाचार तोरी बाली र विकास पत्रकारिता साग बाली भएको बताए। उनले भने, ‘तोरीको साग एकपटक टिपेपछि सकिन्छ तर रायो सधैंभरि खान पाइरहन्छ। मैले आफ्नो रुचीका काम गर्ने क्रममा विकास पत्रकारिता गरेको र देशलाई योगदान पुगेको हो।’

कार्यक्रममा वर्ल्ड भ्यू नेपालका कार्यक्रम व्यवस्थापक विश्वमणि पोखरेल, पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्र, विकास पत्रकार मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगाना, ग्रील उद्योग महासंघका अध्यक्ष मोहन कटुवाल, राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, नेपाल नगरपालिका संघका सचिव कलानिधि देवकोटालगायतले सम्बोधन गरे।

फोडेजले राष्ट्रिय अपांग महासंघ नेपाल र सिबिएमको सहकार्यमा गरेको ‘समावेशी पुनर्निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा। भीष्म भुसाल र महासंघका तर्फबाट कार्यक्रम संयोजक विमल पौडेलले कार्यपत्र प्रस्तुत गरे।

भुसालले भूकम्पबाट एक हजार पाँच सय ६९ जना अपांग भएको तर पुनर्निर्माणमा सुरुदेखि अपांगमैत्री पुनर्निर्माण हुन नसकेको बताए। पौडेलले नीतिगत रुपमा सरकार अपांगमैत्री भए पनि पुननिर्माणका क्रममा व्यवहारतः हुन नसकेको बताए। कार्यपत्रमाथि क्रमशः पत्रकारद्वय मोदनाथ ढकाल र लक्की चौधरीले टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.