मेडिकलम पाइन्छ लागूआैषध

मेडिकलम पाइन्छ लागूआैषध

जुम्ला : जुम्लाका निजी औषधि पसलले पनि लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ। दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागूपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्ला भित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको छ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमारको भनाइ छ। तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ।

मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषधको कारबाही हुँदा अनुसन्धानमा समस्या देखिएको उनले बताए।

‘लागुऔषधको दुव्र्यसनीमा संलग्नबारे प्रहरी अनुसन्धान जारी छ। यो अपरेसन प्रहरी एक्लैले गरेर सम्भव छैन। युवालाई दुव्र्यसनीबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व हो’, दाहालले भने, ‘प्रहरी नियन्त्रणमा रहेकालाई कानुनअनुसार जरिवाना तथा कैद सजाय हुन्छ।’

दुव्र्यसनमा फसेका युवालाई दुव्र्यसनीबाट टाढा राख्ने वातावरण बनाउनु सबै निकायको दायित्व रहेको दाहालले बताए।


११ युवतीसहित ३५ जना नियन्त्रणमा

लागुपदार्थ दुव्र्यसनमा संलग्न जिल्लाका ३५ जना युवायुवती प्रहरी नियन्त्रणमा छन्। प्रहरीको निरन्तर अनुसन्धानबाट ९ महिनामा ३५ जना लागूपदार्थ दुव्र्यसनी नियन्त्रणमा लिन सफल भएको प्रहरी नायब उपरीक्षक डा. दाहालले जानकारी दिए। ११ जना युवतीसहित ३५ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। छोटो समयमै ३५ जना लागूपदार्थ दुव्र्यसनीमा संलग्नहरू समातिएपछि जुम्लामा लागूऔषध दुव्र्यसनीको संख्या अझ बढ्न सक्ने प्रहरी अनुमान छ।       

जिल्ला प्रहरी कार्यालयले लागूपदार्थ दुव्र्यसनीमा संलग्नलाई नियन्त्रणमा लिने र प्रयोगको अवस्था शून्यमा झार्ने रणनीतिअनुसार अभियान सञ्चालन गरेको छ। जिल्लामा अझै लुकिछिपी लागूऔषध प्रयोग गर्नेको संख्या हजारौंको संख्यामा छ। तर अहिले खुलेआम बजारका पेटीमा लागुऔषध खाने, किनबेच गर्ने अवस्थामा भने केही सुधार आएको प्रहरी दाबी छ।       


दुव्र्यसनी घटाउन उद्यमशीलता

बेरोजगार युवालाई लागुपदार्थ दुव्र्यसनीबाट छुटाउन उद्यमशीलताका कार्यक्रम ल्याइएको जिल्ला युवा समितिका अध्यक्ष दीपेन्द्र हमालले बताए। सडक विस्तार, उद्यमशीलता अभाव, शिक्षा अभाव तथा परिवारको प्रत्यक्ष निगरानी नभएका कारण कर्णालीका हजारौं युवा लागूऔषध दुव्र्यसनीमा फसेको उनको भनाइ छ।

‘दुव्र्यसनीबाट मुक्त गराउन युवामा रोजगारमुलक कार्यक्रमको खाँचो छ’, उनले भने, ‘अब हामी त्यसको नेतृत्व गर्छौं। युवा उद्यमशीलताको योजना बनाउँछौँ।’       


लागुपदार्थ नियन्त्रण तथा युवा परामर्श कार्यक्रममा सहभागी युवायुवती। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.