३० हजार विरुवा रोप्दै महानगर

३० हजार विरुवा रोप्दै महानगर

काठमाडौं  : बर्षायामसँगै काठमाडौं महानगरपालिकामा ३० हजार वोट विरुवा रोपिने भएको छ । काठमाडौं महानगरपालिकाले बिष्णुमती, बागमती नदि किनार, सडकको आसपास र खुल्ला क्षेत्रमा विरुवा रोप्ने भएको हो ।  आर्थिक बर्षको अन्तिमसम्म विरुवा रोपीसक्ने गरी काम अघि बढाएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘भारतबाट विरुवा ल्याउन टेण्डरको काम सकिएको छ, विरुवा आए पछि भुगोल अनुसार बृक्षरोपण गरिने छ,’ कार्कीले भने, ‘भुगोल अनुसार विरुवा अग्लो र होचो प्रकृति हुने छ ।’

महानगरले ‘काठमाडौं बृहत वृक्षारोपरण कार्यक्रम २०७५’ अन्तर्गत ३० हजार बोटविरुवा रोप्न लागिएको जानकारी पनि उनले दिए । हरियाली र स्मार्ट शहर बनाउने लक्ष्यका साथ महानगरले अभियान थालेको हो । वातावरण विभागसँग समन्वय गरी महानगरभित्रका ५० किमी भन्दा बढी सडक किनारामा ती बोटविरुवा रोप्ने तयारी भएको छ । 

सार्क सम्मेलन र विशेष सन्दर्भमा विरुवा रोपिए पनि यसलाई हुर्काउन र बचाउन सम्बन्धीत पक्षले चासो नदिँदा कार्यक्रम सफल बन्न सकेको छैन । उपत्यकाभित्र विभिन्न निकायले रोपेका हजारौ संख्याको विरुवा गायव हुने गरेका छन् । २० बर्ष अघि रोपिएको विरुवा पनि गोडमेल र पानीको अभावमा हुर्किन नसकेका कारण बजेट मात्रै खेर गएको छ । काठमाडौं चक्रपथभित्रका २७ किलोमीटर चक्रपथ भित्री सडकमा अधिकाँस क्षेत्रमा विगतमा रुख रोपिएका छन् ।

 उपत्यकाका सडकमा साना जातका विरुवामात्र रोपिँदा हरियाली नभएको र सडकलाई हरियालीयुक्त बनाउन नसकिएको सडक विभागका सहप्रवक्ता रमेश कुमार सिंहले बताए । काठमाडौं उपत्यकामा साना जातका लाखौ विरुवा रोपिएकाले हरियाली छाउन नसकेको भनाई सिंहको छ । ‘सडक विभागकै अनुमतीमा मात्र सडकमा रुख रोपिने गरिन्छ । रुख रोप्न अनुमती लिनेलाई व्यवस्थापन गर्न पनि शर्तहरु तोकिएको हुन्छ । तर हुर्काउने बढाउने र व्यवस्थापन गर्ने जिम्मेवारी पुरा गर्दैनन्,’ उनले भने । उपत्यकामा हालसम्म तीन देखि पाँच फिटसम्मको विरुवा मात्र रोप्ने गरेको पाइएको छ । 

उपत्यकालाई ग्रिन सिटी बनाउने लक्ष्य सरकारले लिए पनि बृक्षरोपणलाई व्यवस्थित नगर्दा लक्ष्य पुरा गर्न नसकिएको भनाई वन विभागको छ । २० बर्ष अघि सडकमा रोपिएका विरुवा पोथ्रामै सिमित छन् । कानुनतः स्थानीयतहमा १० प्रतिशत वन क्षेत्र अनिवार्य हुनु पर्ने व्यवस्था छ । उपत्यकाका केही क्षेत्रमा नेपाल टेलिकमले बृक्षरोपण गरी व्यवस्थापन र हेरचाहा गर्दे आए पनि रुख पोथ्रामै सिमीत हुँदा हरियाली बन्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.