तिम्रो माल्यार्पण–मेरो उपहार

तिम्रो माल्यार्पण–मेरो उपहार

अपराजिता,

तिम्रो माल्यार्पणको शुभदिनमा म एउटा उपहार चढाउँदैछु। उपहार एउटा सत्य कथा, तिमीबाटै सुरु, तिमीमै अन्त्य। कहीं सुखद्, कहीं दुःखद्। सुनाऊ“ है। मुटु दरो गरेर सुन, आँखा रसाउन पाइन्न नि।

आजभन्दा चार वर्षअघि अर्थात् सन २०१४, तिम्रै सन्दर्भमा गहन योजना लिएर पारिजात स्मृति केन्द्रका केही सदस्य सिलिगुडी, सिक्किम, दार्जिलिङ तथा खर्साङ जाने निक्र्योल गरियो। तिम्रा संकलित रचना पुनः प्रकाशित गर्नुपर्ने भइसकेको थियो। साझा प्रकाशन पहिलो प्राथमिकता हुँदाहुँदै पनि धराशयी अवस्थामा भएकाले सम्भव भएन। प्रथम संस्करण सहृदयतापूर्वक निर्माण प्रकाशन, सिक्किमबाट प्रकाशित भएकाले उतै गएर सरसल्लाह गर्नु उत्तम ठहरियो। एक पन्थ दो काज भनेजस्तै लिंगिया तिमी जन्मेको घर तथा हुर्के बढेको ठाउ“समेतको भिडियो खिचेर एउटा डक्युमेन्ट्री नै तयार गर्ने योजनालगायत साहित्यकारहरूस“ग भेटघाट तथा विचार आदानप्रदान गर्ने सर्वसम्मतिले पास भयो।

प्रथम पडाव सिलिगुडी १२ नोभम्बर बिहान पुगियो। वरिष्ठ संगीतकार तथा गायक अशोक भाइ, रोहित शर्मा र साथीहरूको न्यानो स्वागत, गेस्टहाउसको बास र त्यसपछि विशाल हलमा भव्य स्वागत। फूलमाला र खादाको ओइरो लागेको थियो, अपराजिता, खै के भनूँ। शालुबाडीमा अवस्थित तिम्रो विशाल र भव्य प्रतिमासमक्ष कविता पाठ गरि“दा र वार्तालाप गरिँदा आत्मविभोर भएको अहँ शब्दमा म त बयान गर्नै सक्दिनँ। अशोक भाइ त त्यहा“को हर्ताकर्ता नै भने पनि हुने। टक्क मोबाइल उठाएर जे बोले तुरुन्त भइहाल्ने। फोन नै फोनबाट सिक्किम, दार्जिलिङ सम्पर्क गरेर हाम्रो भ्रमणको सूचना दिँदै भ्रमण नै सुगम बनाइदिनुभयो।

काठमाडौंदेखि नै सम्पर्कमा रहनुभएका र सिक्किमको कार्यक्रमको सारा चाँजो मिलाइदिनुहुने अभिभावकसरह रूपेश शर्मालाई १३ नोभेम्बरमा हाम्रो स्वागतार्थ स्वच्छ, सुन्दर र शान्त सिक्किमको बस पार्कमा भेट्दा म त बच्चाजस्तै खिलखिलाएकी थिएँ। उहाँकै तत्वावधानमा प्रेस क्लब, साहित्य परिषद्द्वारा स्वागत कार्यक्रममा सहभागी हुन पाउँदा तथा वरिष्ठ वक्ताहरूद्वारा सराहनीय मन्तव्य व्यक्त गरिएको सुन्न पाउँदा हाम्रो भमण अति नै सारपूर्ण भएको अनुभव भएको हो। रूपेशज्यूको उद्घोषणले सभामा चार चाँद लागेको थियो।

१६ नोभेम्बरमा हाम्रो भ्रमणको कार्यक्रमले जन्म लिएको पक्ष अर्थात् तिम्रो संकलित रचना पुनः प्रकाशन गर्ने सन्दर्भमा सिक्किमका मुख्यमन्त्री पवन चामलिङसँगको भेट मलाई यस्तो मीठो सपनाजस्तो लाग्छ, जसबाट कसैलाई ब्युँझनु नपरोस्। उहा“को कार्यकक्षमा सीबी कार्कीलगायत वरिष्ठ राजनीतिज्ञ तथा लेखक तथा वरिष्ठ समालोचक रूपेश शर्मासहितको उपस्थितिबीच हर्षित मुस्कानसहित हाम्रो स्वागत करिब एक घन्टाको रह्यो। स्मृति केन्द्रको तर्पmबाट सम्झनास्वरूप प्रसिद्घ मयुर झ्याल चढाउ“दा मीठो अनुभूतिको तरंग सुखदायी थियो। भलाकुसारीपश्चात् रचनाहरू नेपालमै प्रकाशन गर्ने उत्कृष्ट सल्लाहसहित प्रारम्भिक खर्चस्वरूप सहयोग पनि हस्तान्तरण गर्नुभयो। बिर्सनै नसकिने, अझ यसो भनौं बिर्सन पटक्क नमिल्ने एउटा रमाइलो सर्त पनि अघि सार्नुभएको टड्कारै सम्झना छ। अर्थात् ६ महिनामा प्रकाशित रचनाहरू लिएर पुनः एकपटक सिक्किम भ्रमण गर्ने घुमाउरो निमन्त्रणा।

पत्रकार अर्जुन पियूषद्वारा विशेष अन्तर्वार्ता पनि सम्पन्न भयो। बसपार्कमा बिदाइको अन्तिम नमस्कार रूपेश शर्माबाट। उहाँप्रति अनुगृहित हुँदै हानियौं दार्जिलिङतिर, जहाँ पूर्वसूचित हाम्रो नाति वीरेन वाइबा आतुरतासाथ पर्खिरहेको कल्पना गर्दै। उनीबाटै त लिंगियाको सारा कार्यक्रम तय हुनु थियो।

नभन्दै घुम स्टेसनमा कुरिरहेको वीरेन देख्दा हाम्रो उद्देश्यको मुटु, तिम्रो जन्मघर अवलोकन गर्ने मनसाय पूर्ण हुने नै भयो भन्ने पूर्वाभास भयो। लिंगियासँगै जोडिएर रहेको मारेबुङ चिया कमानमा उनैको निवासमा बास बस्ने र भोलिपल्ट लिंगिया झर्ने तय भयो। नाताले हाम्रो नाति वीरेनको आतिथ्य अति फ्र्यांक तथा सद्भावपूर्ण थियो। हँसीठट्टामा रमाउने उनको स्वभावले वातावरण जीवन्त अनुभव हुन्थ्यो।

भोलिपल्ट कताकता काउकुती लागेजस्तो, मुटु असामान्य तरिकाले उठबस गरेजस्तो, एक किसिमको छटपटी भएजस्तो अनुभव भयो मलाई गन्तव्यतिर लम्किँदा। ढुंगैढुंगाले बनेको लामो उकालो भर्‍याङ पार गरेपश्चात् फूलैफूलले सुसज्जित आँगन हुँदै एउटा सुन्दर घरको सँघार टेक्न पुगियो– त्यही तिम्रो जन्मघर थियो। घरपति ध्रुवकुमार प्रधान (अवकाशप्राप्त प्रधानाध्यापक) र उहाँको परिवारको खादासहितको न्यानो स्वागत–उहाँको सबल संरक्षण र संवद्र्धनमा घर त जगजगी नै बलेको थियो। मिशाल मान्नुपर्छ, अपराजिता, एक वरिष्ठ लेखिकाको जन्मघर आफ्नो रहँदा उहाँका आँखामा प्रतिविम्बित हुने गौरव र सन्तोषको झलक, हरे म त पानीपानी भएँ। कतिसम्म भने तिमी जन्मेको कक्ष हाल उहाँको शयनकक्ष रहेछ र भित्तामा तिम्रो कोक्रो अड्याउने डन्डीको प्वाल तिम्रो सम्झनास्वरूप यथावत् राखेका रहेछन्। छुँदैन त मन ?

चार वर्षको अवधि छोटो होइन, अपराजिता। सिक्किममा तिम्रा संकलित रचनाका नमुनाहरू पुगे कि पुगेनन् ? मुभी क्यामेरामा कैद गरिएका सम्झना तिम्रो डक्युमेन्ट्रीको स्वरूप लिएर बाहिर जनतासामु आउने भयो कि भएन ?

बिहानको चिया नास्ता र रेडियो कर्मीलगायत स्थानीय पत्रकारसँगका अन्तर्वार्तासमेत उहाँकै फूलबारी प्रांगणमा सम्पन्न भयो। उक्त क्षणको हरेक इभेन्ट मुभी क्यामेरामा कैद गरियो। अन्त्यमा कृतज्ञताज्ञापन गर्दे हामी ओह्रालो लाग्यौं। त्यसपश्चात् मारेबुङ पारिजात प्रगतिशील महिला संघको निमन्त्रणामा भेटघाट कार्यक्रममा सम्मिलित भइयो। जागरुक महिलाद्वारा सञ्चालित उक्त संघको ठोस कार्यक्रमको परिचय प्राप्त गर्ने सुअवसर प्राप्त भयो।

नोभेम्बर १८ मा दार्जिलिङ बजार पुग्दा यस्तै चार बजेको हुँदो हो। वरिष्ठ संगीतकार तथा गायक मणिकमल तथा नगेन्द्र गोर्खाहरूका हातहरू स्वागतार्थ अघि बढिरहेका पायौं। खुसी आदानप्रदान, परिचय लेनदेन, अति महत्वपूर्ण क्षण थियो त्यो। उहाँहरूकै तत्वावधानमा सुविधायुक्त होटेलमा हाम्रो बासको चाँजो मिलाइयो। तिम्रा अन्तरंग मित्रहरू माया ठटाल दिदी तथा डाक्टर लाड्म दिदी सोही साँझ होटेलमा आइपुग्नुभयो। खुसीको पारावार रहेन। भोलिपल्ट तिम्रो बाल्यकाल र किशोरावस्था बितेका स्थल– भोटेबस्ती, लिम्बुबस्ती, कर्मकोठी– पुग्नुपर्नेलगायत अपरान्ह दुई बजे भेटघाट कार्यक्रममा सम्मिलित हुनुपर्ने थियो।

बिहान आठ बजे नै लिम्बुबस्तीतिर लाग्यौं। उत्सुकता र खुसी सँगाल्दै चौरस्तादेखि ओह्रालो लाग्यौं। मुभी क्यामेरा साथ लिएर हिँड्नुपर्ने, असुविधा त थियो नै। प्रथम पडाव नै मेरी साथी एनबीको घर। अस्वस्थ उनी आग्रह गर्दै थिइन्, केहीबेर बस्नलाई। बुहारीको हातको तातो चिया पिएपश्चात् सूर्य (साथीका ठूली दिदीको छोरा) को गाइडेन्समा घुम्न हिँड्यौं। कर्मकोठी आठ नम्बर र दुई नम्बर क्रमशः बाल्यकाल र किशोरावस्था बिताइएका घर चहा¥यौं। सम्पूर्ण नयाँ चेहरा।

पहिलोपटकको भ्रमणमा आठ नम्बरछेउ रहेका जोर धूपीको रुख एउटा मात्र बाँकी थियो, खतरा महसुस गर्दै त्यो पनि ढालिएछ। एक नम्बर छेउको ठूलो ढुंगा बाँसको झ्याङले सम्पूर्ण ढाकिएछ। वर्षामा स्वतः उम्रने पानीको मुहान सुकेछ। आठ नम्बरदेखि पश्चिम पर्ने बस्नेतको धारा सुकेछ। त्यही धारामा तिमी र मैले लुगा धोइरहेका फोटोले अझसम्म हाम्रो सिटिङ रुमको शोभा बढाइराखेको छ। त्यहाँ त घर पो बनेछ, अपराजिता। बस्नेत झाँक्री दाइकी कान्छी छोरी बस्दीरहिछन्।

होमदेनको जंगल अब रुखको होइन, घरहरूको जंगल भएछ। कहाँ गए होलान् ती कटुस, लाप्चे काउलो, भद्रासेका रुख ? मासिए त ? लिम्बुबस्ती झर्ने बाटोनेरको पब्लिक धारा, जहाँ हामी फायर ब्रिगेडका नियमित अभ्यासमा रमाउने गर्थ्यौं, अपशोच, नामोनिशान भेटिएन। उन्युघारी मासिएछ। त्यही उन्युघारीमा क्याम्प बनाएर हामी नृत्य, नाटक सञ्चालन गथ्र्यौं। ‘नाचो नाचो प्यारे मनकी मोर’ गीतको बोलमा तिमी कत्ति राम्रो नाच्थ्यौं। हरि दिदी बित्नुभएछ। उहाँको घरमा जान आँट आएन। यस्तै धेरै परिवर्तन भएछन्। यहाँ उल्लेख गरेर साध्य नै छैन। फर्कंदा होमदेनबाट शारदेश्वरी स्कुलछेउ नयाँ बाटो भएर आयौं। उत्कृष्ट लन्चको प्रबन्ध चौरस्तादेखि अलि तल नयाँ रेस्टुराँमा मिलाइएको थियो।

अपरान्ह दुई बजे भव्य समारोहको आयोजना। हल भरिभराउ। खादा र दोसल्ला ओढाएर सम्मान गरिँदाको क्षण—आत्मीयताको पराकाष्ठा थियो। प्रमुख वक्ता विन्ध्या सुब्बाले तिमी र मलाई सेल्फ मेड वुमन भनेर आकाशसम्मै उचालेकी थिइन्। माया दिदीको तिमीप्रति छचल्किएको मायाको उद्गारले बेग्लै तरंग ल्याएको थियो। विभिन्न वक्ताहरूको मन्तव्यमा तिमी र स्मृति केन्द्रप्रति गहन आस्था र विश्वास झल्केको अनुभूत भयो। सद्भाव नै सद्भाव, माया नै मायाको आदानप्रदान भएको त्यस समारोह साँच्चै अविष्मरणीय थियो, अपराजिता। हरबखत हाम्रो सुविधाको ख्याल राख्ने मणि कमल र सम्बन्धित साथीहरूलाई धन्यवाद शब्दले पुग्दैन।

अन्तिम पडाव खर्साङ निर्मलका भाइबुहारीको पारिवारिक माहोलमा अति नै रमाइलोसँग दुई दिन बिताइयो। निर्मल जन्मेको घर हुर्केका स्थलहरूको अवलोकन गर्नु तथा उनको परिवारका सदस्यहरूसँग पनि भेटघाट गर्नु थियो। कफीबारी चिया बगान निर्मल जन्मेका कोठैमा पुगियो। सम्पूर्ण नयाँपन। चिया बगानको सुन्दर छटा परिवारका अति सुन्दर र व्यवस्थित बगैंचाको अवलोकन गरियो। थरीथरीका फूलका सौन्दर्यरस तिम्रो सम्झना गर्दै पिएँ। अन्तिम पडाव खर्साङ परिवारको मीठो माहौलको सम्झना हृदयभरि राखेर बिदा भयौं।

भ्रमणको दौरान पुराना सम्बन्धलाई सबलीकरण गरियो, नयाँ सम्बन्ध गाँसिए। काठमाडौं आउने उनीहरूको चाहना र हाम्रो सहर्ष स्वीकारोक्ति स्मृति केन्द्रको सक्षमता तथा विश्वासमा टेकेर नै त भयो होला। यसमा पनि हाल प्रश्नचिह्न लागेको महसुस हुन्छ मलाई, किन हो ? जे होस् सुखद् क्षणका मधुर सम्झना सँगाल्दै र भविष्यनिम्ति योजना बनाउँदै काडमाडौं फिर्‍यौं।

चार वर्षको अवधि छोटो होइन, अपराजिता। सिक्किममा तिम्रा संकलित रचनाका नमुनाहरू पुगे कि पुगेनन् ? मुभी क्यामेरामा कैद गरिएका सम्झना तिम्रो डक्युमेन्ट्रीको स्वरूप लिएर बाहिर जनतासामु आउने भयो कि भएन ? उत्सुकताकै विषय भए। भव्य पुस्तकालयको निर्माण गर्ने उद्देश्यले संकलन गरिएका पुस्तक र तिमीले प्रयोग गरेका सामान, लुगाफाटासमेतको अवस्था के होला ? तिम्रा तस्बिरमा धमिरा लागिसके कि ? तिमी बितेको यो वैशाखले २४ वर्ष पुग्छ। तर तिमी त अहिलेसम्म एउटा सम्पूर्ण भवन भएर खडा हुन सकिनौं। अर्धनिर्मितमा नै जीर्ण हुन लागिसकेछौ। तिम्रा साहित्यकार साथीहरू, प्रशंसक तथा आफन्तहरूलाई के जवाफ दिन्छौ, ल भन।

अलि सजग होऊ, अपराजिता, गुनासाहरू आउन थाले।

सुकन्या


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.