'काट्ने मार्ने बाटोमा जाँदैनौं, चुनावबाटै समाजवाद ल्याउँछौं'

'काट्ने मार्ने बाटोमा जाँदैनौं, चुनावबाटै समाजवाद ल्याउँछौं'

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपालमा जनयुद्ध सफल भएको नभई रुपान्तरण भएको बताएका छन् । 

जनयुद्ध शब्दमा विवाद भइरहेको अवस्थामा एमाले-माओवादी एकताका सुत्रधारका एमाले नेता गौतमले संसारमा कहीँ पनि सशस्त्र युद्ध सफल नभएको प्रष्टोक्ति दिए । 'संसारमा सशस्त्र संघर्ष र जनयुद्ध कहीँ पनि सफल भएका छैनन्', उनले भने, 'नेपालमा पनि सफल भएको होइन, रुपान्तरण मात्रै भएको हो ।' उनले युद्धबाट नभएर प्रतिस्पर्धात्मक जनमतबाटै समाजवाद स्थापना गर्ने बताए । 

'काट्ने मार्ने बाटोमा जाँदैनौ, जनमतबाटै नेपालमा समाजवाद स्थापना गर्छौँ', एमाले नेता गौतमले भने, 'सशस्त्र संघर्ष र जनयुद्धबाट समाजवाद आउँदा पनि आउँदैन, हामी युद्धबाट होइन चुनावबाटै समाजवाद ल्याउँछौँ ।'

राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानद्वारा गरिएको आदर्श सम्मान कार्यक्रममा बोल्दै गौतमले वर्तमान सरकारले घोषणा पत्रमा लेखे अनुसार काम गरेमा १० वर्षपछि नेपालमा समाजवाद आउने दाबी गरे । 

नत्र कांग्रेसकै सत्ता

'यो सरकारले पाँच वर्षमा राम्रो काम गर्‍यो भने फेरि चुनावमा जितेर १० वर्षपछि समाजवाद ल्याउँछौ, 'उनले भने, 'यो सरकारले राम्रो काम गरेन भने पाँच वर्षपछि कांग्रेस नै सत्तामा आउँछ ।' 

नेता गौतमले कांग्रेस अहिले पनि कमजोर नरहेको बताउँदै समानुपातिकमा एमाले बराबर मत ल्याएको विर्सन नहुने बताए ।  
शेरबहादुर विरोधी कांग्रेसीले मौका चौका हान्नमात्र कांगेस कमजोर भएको हल्ला फैलाएको गौतमले बताए । 'यही मौका हो, शेरबहादुरलाई फाल्ने भनेर लागेकाले मात्रै कांग्रेस कमजोर देखाएका हुन्, साँचिकैमा यो चुनावमा कहाँ कांग्रेस कमजोर भएको छ ?', उनले प्रश्न गरे, 'हामी दुई पार्टी एक भएर चुनाव लडेकाले मात्रै उसले प्रत्यक्षमा कम सिट जितेको हो, समानुपातिकमा हामीले ४१ र उसले ४० सिट जितेको छ ।' 

कांग्रेस नै प्रतिस्पर्धी 

उनले अहिले पनि कम्यूनिस्टहरुको प्रतिस्पर्धा कांग्रेससँग नै रहेको यथार्थ बिर्सन नहुने बताए । गौतमले कांग्रेसले अहिलेको सरकार र वाम एकतालाई भन्नु नभन्नु भनिरहेको आरोप पनि लगाए । 'उसले बहुमत ल्याउँदा हामीले त्यस्तो केही भनेका थिएनौँ', उनले भने,'अहिले उसले त हामीलाई भन्नु नभन्नु भनिरहेको छ ।'

एकता हुन्छ हुन्छ 

दुई दलबीच एकता हुने कुरामा कुनै द्विधा नभएको गौतमले दाबी गरे । 'एकता त भइसकेको छ, केही दिनमा घोषणा होला', उनले भने । एमाले माओवादी एकता नेपालका कम्यूनिष्टका लागि ठूलो उपलब्धि हुने उनले बताए । 

'एकता नेपालको कम्युनिष्ट आन्दोलनको लागि ठूलो उपलब्धि हो', गौतमले भने, 'तर हाम्रो लागि मात्र उपलब्धि भएर हुँदैन राष्ट्रका लागि उपलब्धि हुनुपर्छ ।'

उक्त कार्यक्रममा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन र सबिता अधिकारी, एमाले केन्द्रीय उपाध्यक्ष युवराज र र्इन्दु ज्ञवाली, सचिव एवम् परराष्ट्र मन्त्री प्रदीप र सरस्वती ज्ञवाली, नेपाली कांग्रेस दैलेखका नेता जंगतजंग र सरस्वती थापा दम्पतिलाई भद्रघले/सत्यदेवी अादर्श दम्पति सम्मानबाट सम्मानित गरिएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का अधिकारीले बताइन् । 

त्यस्तै त्यही कार्यक्रममा इन्सेक अध्यक्ष सुवोधकुमार प्याकुरेल, औद्योगिक विकास बोर्डका अध्यक्ष नन्दकिशोर बस्नेत, निजामति कर्मचारी संगठनका नेता भोलानाथ पोखरेल, युवा नेता निरज आचार्य, समाजसेवी गीताप्रसाद नेपाल, धनश्याम उपाध्याय, अर्जुन गौतम, देवीराम भुषाल, राजेन्द्र आर्याल, रामकुमार केसी, रमेश आचार्य र प्रमेश पोखरेललाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.