कर्णालीमा औधोगिक महोत्सव सुरु,सवारी भाडामा १५ प्रतिशत छुट

कर्णालीमा औधोगिक महोत्सव सुरु,सवारी भाडामा १५ प्रतिशत छुट

जुम्ला : कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ। कर्णालीमै पहिलो पटक आयोजना भएको ठूलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहीबार एक औपचारिक कार्यक्रमकाबीच प्रतिनिधिसभा सभासद गजेन्द्रबहादुर महत कार्माले उद्घाटन गरेका छन्। 

व्यापार महोत्सव यही वैशाख २३ गतेसम्म संचालन हुने आयोजक संस्था जुम्ला उद्योग वाणिज्य संघले जनाएको छ।   
महोत्सवलाई सफल पार्न उद्योगी, होटल व्यवसायी तथा सरोकावाला लागिपरेका छन् भने महोत्सवमा देशकै ख्यातिप्राप्त १ दर्जनबढी चर्चित कलाकारको प्रस्तूतिसहित स्थानीय कला संस्कृति प्रर्दशन गरिने भएपछि जिल्ला बाहिर तथा भित्रबाट महोत्सव हेर्न आउनेको स‌ंख्या बाक्लो छ।

जिल्लाको समुचित विकास र सम्भावानाको प्रचारप्रसार गरी आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्यले महोत्सव सुरु भएको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए। महोत्सव व्यवस्थापनमा झण्डै १ करोड अनुमानित लागत लाग्ने उनको भनाइ छ। उनका अनुसार बिहीबार सुरुको दिन मेला हेर्न आउने सबैले उद्घाटनको अवसरमा निशुल्क प्रवेश अवसर पाएका छन्, भने शुक्रबारबाट १ सय रुपैयाँ टिकट लाग्नेछ।
     
महोत्वसमा १ सय बढी स्टल

महोत्सवमा झण्डै १ सय बढी स्टलह राखिएका छन् ।स्टल अवलोकन गर्नेहरुको भीड लागेको छ। बिहीबार पहिलो दिनमात्र झण्डै ५ हजार बढीले मेला अवलोकन गरेको अनुमान गरिएको छ। राखिएका स्टलमा जुम्लामै पाइने अर्गानिक सामग्रीहरु छन्।

अर्गानिक फापरको केक, कागुनाको खीर, जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्सलगायत गरी १ सय बढी अर्गानिक परिकारका स्टल राखिएका छन्। यसबाट अर्गानिक बालीको प्रचारप्रसारका साथै आर्थिक आम्दानीको स्रोत बढ्नेछ। त्यस्तै जुम्लामा पाइने लोपउन्मुख राडिपाखि र उनीका कपडा बिक्रीमा राखिएका छन्। जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकीय स्थलका फोटो प्रर्दशन राखिएको छ।

महोत्सवमा फ्री वाईफाई  

महोत्सव अवधिर फ्री वाईफाईको व्यवस्था गरिएको छ। महोत्सवमा हुने विभिन्न गतिविधिलाई सामाजिक संजालबाट देश विदेशमा प्रचारप्रसार गर्न तथा फोटो, भीडीयो तत्काल अपडेट गर्न सहज होस् भन्ने उद्श्यले फ्री वाईफाईको व्यवस्था गरिएको हो।    

महोत्सव मुल आयोजकसँगको समन्वयमा सिम्पल ईन्टरनेट सिस्टम एण्ड टेक्नोजी प्रा.लि ले महोत्सव अवधिभर फ्री वाईफाई सेवा संचालन गरेको प्रा.लि का प्रमुख हर्ष शाहीले बताए।  यसले महोत्सव हेर्न आउनेका लागि सामाजिक संजालमा जोड्न सहज हुने भएको छ। 

सवारी भाडामा १५ प्रतिशत छुट 

मेला हेर्न आउने आन्तरिक तथा बाह्य अवलोकनकर्ताको सहजताका लागि  महोत्सव अवधिभर कर्णाली राजमार्गमा चल्ने यात्रुवाहक सवारीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। राजमार्गमा चल्ने साना तथा ठूला यात्रुवाहकले यसअघि लिँदै आएको भाडामा १५ प्रतिशत छुटको व्यवस्था गरेका हुन्।  

महोत्सव मुल आयोजकको अनुरोधमा उद्योग बाणिज्य महासंघ र यातायात व्यवसायी महासंघले १५ प्रतिशत छुटको व्यवस्था गर्न निर्देशन दिएको जुम्ला उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारस उपाध्यायले बताए। यो सेवा नेपालका जुनसुकै जिल्लाबाट महोत्सव हेर्न जुम्ला आउनेले प्रयोग गर्नेछन्। 

महोत्सवमा बेजोड प्रस्तुती   

महोत्सवमा आकर्षक पुरस्कारसहित दोहोरी तथा देउडा संचालन हुने भएका छन्। चर्चित कलाकारको धमकेदार प्रस्तुति रहने भएको छ। जससमा स्थानीय संस्कृती झल्काउने, ढाल नाँच, बाल नाच, देउडा, हुड्के नाच‍लगायतका दर्जनबढी प्रस्तुति रहनेछन्।  

माग्ने बुढा, पाँडे र जिग्री ब्रो, ज्योति मगर, पशुपति शर्मा, बद्रि पंगेनी, प्रमोद खरेल, पुस्कल शर्मा, अछामि बड्डो, कल्पना ढुंगाना, शुकदेव अधिकारी, खुमन अधिकारी, चक्र बम, गुलेली कान्छा, टंक तिमिल्सीना, गोपाल नेपाल, आरसी मगर, घिरौला जोडी, दाह्री बा, सम्झना लामिछाने मगर, रेखा जोशी, एमटी महरालगायतका विभिन्न चर्चित कलाकारको बेजोड प्रस्तुति रहने भएको छ।  

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.