माई भ्याली गोल्डकप : मनाङ फाइनलमा

माई भ्याली गोल्डकप : मनाङ फाइनलमा

इलाम : मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले दोस्रो हाफको सुरुवातमै अग्रता बनाएको थियो । ५८औं मिनेटमा राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका अञ्जन विष्टले गोल गरेका थिए । हेमन गुरुङको फ्रिकिक पासलाई सदुपयोग गर्दै विष्टले हेडमार्फत गोलको खाता खोलेका थिए । विष्टको गोल नै मनाङलाई जितका लागि निर्णायक बन्यो ।

आर्मीले खेल अवधभिर गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजय बेहोर्न बाध्य भयो । मनाङका प्रशिक्षक फुजा तोपेले आफ्ना खेलाडीको कुशल प्रदर्शनका कारण जित हात पार्न सम्भव भएको बताए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोलका लागि थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पराजय भोग्नु परेको बताए ।

यस सिजनमा मनाङ र आर्मीले खेलेका पाँच खेलमध्ये आर्मीले चार खेलमा बाजी मारेको थियो । मनाङले अब उपाधिका लागि शनिबार थ्रीस्टार र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुने खेलको विजेतासँग उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टारले नेपाल पुलिस क्लब र एपीएफले झापा-११ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । शुक्रबारको खेलको म्यान अफ दी म्याच मनाङका अञ्जन विष्ट घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

माई भ्याली फुटबल क्लबको आयोजनामा वैशाख ६ देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.