नेपाली ब्राण्डको डिजाइनमा करिश्मा कपुरको र्‍याम्प वाक (फोटो फिचर)

नेपाली ब्राण्डको डिजाइनमा करिश्मा कपुरको र्‍याम्प वाक (फोटो फिचर)

नयाँ दिल्लीः ‘इट् वाज वन्डरफुल एक्सपिरियन्स फर मी (यो मेरा लागि अदभुत अनुभव रहयो),’ नेपाली ब्राण्ड ‘पेरी’ को पहिरनमा र्याम्पमा उत्रिएपछिको अनुभव साझा गर्दै बलिउड अभिनेत्री करिश्मा कपुरले भनिन् । 

शुक्रबार साँझ नयाँ दिल्लीको बिकानेर हाउसमा शुरु ‘एशियन डिजाइनर विक’ को छैठौं संस्करणको पहिलो दिन । ‘सोज टपर’ करिश्मा पेरीकी डिजाइनर प्रिया राउतको आकर्षक लहंगा चोलीमा र्‍याम्पमा उत्रेकी थिइन् । 

‘कुटुम्ब’ को नेपाली लोक र आधुनिक धुनको फ्युजनमा बजिरहेको संगीतमा र्‍याम्पमा वाक गरेकी करिश्मा पहिरनमा निकै सहज देखिएकी थिइन् । ‘गर्मीका लागि यो पहिरन एकदम उपयुक्त छ । भारतीय महिलाहरुले पनि यो पहिरन मन पराउँछन् । म निकै राम्री पनि देखिएकी छु’, करिश्माले पहिरनप्रतिको सहजता प्रकट गरिन । 

‘पहिरनमा नेपाली र भारतीय दुवै अवधारणा मिक्स गरेको छु । नेपालीपन झल्काउन मैले ‘लालीगुराँस’ फूलको प्रयोग गरेको छु’, डिजाइनर राउतले भनिन् । भारतमा मुख्यतः विवाह, चाडपर्व तथा परम्परागत समारोहहरुमा प्रचलित लहंगा चोलीको अहिले नेपालमा पनि उत्तिकै माग छ । राउतले दुवै मुलुकको साँस्कृतिक समानतालाई यो फेसन सोमा प्रस्तुत गर्न खोजेकी हुन् ।

‘नेपाल र भारतबीच निकै समानता छ । उनले दुबै मुलुकको समानता झल्किने चीजहरुलाइ निकै राम्ररी मर्ज गरेकी छन्,’ सुपरहिट चलचित्र राजा हिन्दुस्तानी अभिनेत्री करिश्माले अन्नपूर्णले सोधेको प्रश्नमा भनिन्, ‘उनी मेरो छिमेकी मुलुककी नयाँ पुस्ताकी उम्दा प्रतिभा हुन्, उनी अत्यधिक प्रतिभाशाली छिन् । म नयाँ प्रतिभालाई सपोर्ट गर्न रुचाउँछु । म प्रियालाई शुभकामना दिन चाहन्छु । उनी निकै टाढासम्म जान्छिन’, कपुर खानदानकी पछिल्लो पुस्ताकी पहिलो सफल अभिनेत्री करिश्माले डिजाइरनको प्रशंसा गरिन् ।

नेपाल आउँछु 

लगत्तै आफू छिट्टै नेपाल आउने पनि उनले खुलाइन् । ‘प्रियाले मलाई चाँडै बोलाउँदैछिन, म छिट्टै नेपाल आउँछु,’ करिश्माले भनिन् । प्रियाले पनि सहमति जनाइन् तर समयबारे खुलाइन । ‘अहिले नै भन्न चाहन्न तर म उनलाई चाँडै नेपाल बोलाउँछु,’ प्रियाले भनिन् ।

करिश्माले निकै अघि आफू नेपाल गएको सुनाइन् । ‘नेपालको पहाड, संस्कृति अनि खानाबारेमा सुनेको छु र हामी निकै प्यारो छिमेकी हौं,’ नेपालबारेमा के सुन्नुभएको छ भन्ने अन्नपूर्णको प्रश्नमा उनले जवाफ दिइन् ।

खास गरी नेपाल र भारतको कला संस्कृति झल्किने कुरालाई लहंगा चोलीको पहिरनमा फ्यूजन गर्दै आएको पेरीले शोमा पनि गर्मी मौसमका लागि उपयुक्त हुने फेब्रिकको प्रयोग गरेर नेपालीपन झल्किने फरक डिजाइन प्रस्तुत गरेको थियो । काठमाडौंको गैरीधारामा पेरीको सोरुम छ । ‘लेकाली हे चोयाको डोको, सानु माया है लगाउने धोको’ गीतमा कुटुम्बले तयार पारेर सांगीतिक धुनबाट सुरु ‘पेरी’को र्‍याम्प वाकमा नेपालीपन झल्किएको थियो ।  

सविताको पहिलो सुरुवात 

नेपाली मोडल सविता कार्कीले पनि यो फेसन सोमा करिश्मासँग र्याम्प साझा गरिन् । गत डिसेम्बरमा एमटीभीबाट प्रसारित इन्डियाज नेक्स्ट टप मोडल (आइएनटीएम-३) की फस्ट रनर अप सविताका लागि एशियाज डिजाइनर विक भारतको पहिलो र्‍याम्प हुन पुगेको छ । 

‘केटाकेटीदेखि नै करिश्माका सिनेमा हेर्दै आएको थिएँ । अहिले उनीसँग नै र्‍याम्प साझा गर्न पाउँदा निकै खुशी लागेको छ,’ सविताले भनिन्,  ‘मेरा लागि यो अदभुत अनुभव रहयो,’ उनले थपिन् ।

‘आइएनटीएममा र्‍याम्प वाकका टाक्सहरु गरेको थिएँ तर भारतमा फेसन सोको र्‍याम्पमा हिँडेको यो पहिलो पटक हो । त्यसमा पनि नेपाली डिजाइनलाई भारतीय भूमिमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको छ,’ उनले अनुभव साझा गरिन् । 

उनी लहंगा चोली र हरियो पोतेको डिजाइनर ज्वेलरीमा र्‍याम्पमा उत्रिएकी थिइन् । करिश्माको भन्दा थोरै मात्र भिन्न लाग्ने पहिरनमा सविता आकर्षक देखिएकी थिइन् । 

आइएनटीएमको सहभागिता पछि आफू थप ग्रुम भएको बताउँदै आएकी सविताको र्‍याम्प वाकमा आत्मविश्वास बेजोड देखियो । ‘प्रियाले मेरो पहिरनमा लालीगुराँसको साथै ढाकाको पनि थोरै टच दिएको मलाई निकै मन परयो,’ सविताले थपिन् । 

आइएनएमटीको सहभागिता पछि आफनो काम बढेको उनले बताइन् । नेपालमा मोडलिङ स्कुल खोल्ने चाहना राखेकी सविताले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोडलको पथमा पाइला अघि बढाउन ‘एशियाज नेक्स्ट टप मोडल’ का लागि कोशिश गर्ने चाहना व्यक्त गरिन् । 

फेसन शोमा भारत लगायत नेपाल, बंगलादेश, भुटान, श्रीलंका तथा अफगानिस्तानले सहभागिता जनाएको छ । तीनदिन सम्म चल्ने शोको पहिलो शो भारतीय डिजाइनर राजदीप रानावातको समर कलेक्सनबाट शुरु भएको थियो । 

त्यसैगरी अफगानिस्तानकी डिजाइनर नाजिला काँर्चरको कलेक्सनपछि पेरीले आफनो कलेक्सन प्रस्तुत गरेको थियो । त्यसपछि भारतीय डिजाइनर दीपिका शर्मा, श्रीलंकाका इन्दर लगायतको प्रस्तुती रह्यो भने अन्तिम शोमा भारतीय ध्रुव सहगलको डिजाइनमा बलिउड स्टार चंकी पाण्डेले सोज टपरको रुपमा र्‍याम्प वाक गरेका थिए । पहिलो दिनको अन्तिम प्रस्तुति काजकिस्तानका डिजाइनर अभिषेक कैरोल्लाको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.