लटरम्म सुन्तला (फोटोफिचर)
अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ सिम्ले र वडा नम्बर २ पोखराथोकका कृषकहरू सुन्तला स्याहार्नमा व्यस्त छन्। सिम्लेमा मात्र एक गाउँमा ४६ घर कृषकहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन्।
सुन्तला बेचेर कम्तीमा ३ लाख देखि २८ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको सिम्लेका कृषक रेवतीराज पौडेलले बताए। यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ८० रुपैयाँदेखि १ सय २० रुपैयाँमा सन्धिखर्क, बुटवल, भैरहवा, पोखराका व्यापारीहरू कृषकको बारीमै पुगेर सुन्तला खरिद गर्ने गरेको पोखराथोकका सुन्तला कृषक भाष्करराज पौडेलले बताएका छन्। सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवाहरू पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्।










प्रतिक्रिया दिनुहोस !