इन्द्रजात्राअन्तर्गत रथयात्राको विशिष्ट व्यक्तिद्वारा अवलोकन (तस्बिरहरू)

इन्द्रजात्राअन्तर्गत रथयात्राको विशिष्ट व्यक्तिद्वारा अवलोकन (तस्बिरहरू)
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा सुरु भएको ऐतिहासिक इन्द्रजात्रा पर्वअन्तर्गत जीवित देवी श्रीकुमारी, श्रीभैरव र श्रीगणेशको रथयात्रा आज भव्य रूपमा गरिएको छ। 

null

बिहीबार काठमाडौं दरबार क्षेत्र (वसन्तपुर)मा लिङ्गो उठाइएपछि औपचारिक रूपमा सुरु भएको यो पर्वमा परम्परागत रथयात्रा, लाखे नाच, पुलुकीसी, हलचोक आकाश भैरव लगायतको सहभागी हुने गर्दछ। भदौ शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व वर्षा र समृद्धिका देवता इन्द्रको सम्मानमा मनाइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानहरूमा विशेष रूपमा मनाइने इन्द्रजात्रा धूमधामका साथ मनाइँदैछ।

null

आज पहिलो दिनको रथयात्रामा रथलाई जैसिदेवाल, लगन, ह्युमता हुँदै काठमाण्डैको तल्लो टोल  तानिएको हो। यस पर्वमा नेवार समुदायको बाजागाजा, मुखुण्डो नाच र विभिन्न सांस्कृतिक झाँकीहरूले वातावरण झनै आकर्षक बनाउने गर्दछ। आजको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रथम महिला राधिका शाक्यको पनि उपस्थितिमा अवलोकन गरिएको थियो। 

null

ऐतिहासिक दरबार स्क्वायर र वरिपरिको क्षेत्रलाई सुरक्षाकर्मीले बाक्लो सुरक्षा घेरामा राखेका थिए। इन्द्रजात्रा, नेवार भाषामा येँयां पुन्हि भनेर चिनिने यो पर्व, काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक धरोहर मात्र नभई सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा हेरिन्छ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.