यसरी हुँदैछ एमाले महाधिवेशनको तयारी, तस्बिरमा हेर्नुहोस्
काठमाडौं : नेकपा (एमाले)ले शनिबारदेखि सुरु हुने पार्टीको ११औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो।
महाधिवेशनको उद्घाटन समारोहमा करिब तीन लाख जनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए। महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए।
तस्बिर : अभिषेक महर्जन














प्रतिक्रिया दिनुहोस !