७ सय ६८ आरोही हिमाल चढ्दै

७ सय ६८ आरोही हिमाल चढ्दै

काठमाडौं : विश्वकै अग्लो शिखर सगरमाथालगायत २५ वटा हिमाल आरोहण गर्न ७ सय ६८ पर्वतारोहीले अनुमति लिएका छन् । पर्वतारोहणको उपयुक्त समय मानिने वशन्त ऋतुमा आरोहण गर्न ठूलो संख्यामा आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागको तथ्यांकअनुसार सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ३४ विदेशी आरोहण दलका ३ सय २६ आरोही र ४ नेपाली आरोहण दलका २० गरी कुल ३ सय ४६ आरोहीले यो ऋतुमा आरोहण अनुमति लिएका छन् । त्यसैगरी ल्होत्से आरोहणका लागि १० आरोहण दलका १ सय ७ जना, आमादब्लममा ६ आरोहण दलका ४९ जना, कञ्चनजंगामा ५ आरोहण दलका ४४ जना र नुप्से आरोहणका लागि ३ आरोहण दलका ४० जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार ९५ आरोहण दलले २५ हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसैगरी हिम्लुङ, पेरि हिमाल, मुकोट हिमाल, छोपावमरे र अन्नपूर्ण आरोहणको १÷१ जनाले अनुमति लिएका छन् । अत्यन्त न्यून आरोहण गरिने विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि ३ आरोहणदलबाट २७ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिएका हिमालको आरोहण जेठ १५ ताका गर्ने चलन छ । आरोहण दलका लागि सरकारले ७५ दिन तोकेको छ, आरोही र आरोहण दलका सदस्यहरू एक महिना अघिदेखि नै आधारशिविर पुगेका छन् । विभागका अनुसार आरोही र आरोहण दलका सदस्य, गाइडलगायत गरी यस वर्ष करिब २ हजार धेरैले हिमाल आरोहण गर्ने छन् ।

सरकारले ६–८ हजार मिटर अग्ला ४ सय १४ हिमाल पहिचान गरी आरोहण खुला गरेको छ । तर राज्यको कमजोर व्यवस्थापनले १ सय ८६ वटा हिमालमा अझै आरोहण हुन सकेको छैन । यीमध्ये २ सय २८ वटा हिमालको मात्र आरोहण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.