नासुको भरमा नगरपालिका

नासुको भरमा नगरपालिका

 जाजरकोट :  जाजरकोटको भेरी नगरपालिका ३ महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ। आफूभन्दा जुनियर कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृत स्तरका कर्मचरीले काम गर्न असहज महसुस भएको बताएका छन्।

नगरपालिकामातहत विभिन्न विषयगत निकायमा कार्यरत सात जना अधिकृत स्तरका कर्मचारी छन्। ती अधिकृत स्तरका कर्मचारीले नायब सुब्बालाई हाकिम मान्नुपर्ने बाध्यता आइपरेको छ। नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत रामप्रसाद शर्मा सरुवा भएर जिल्लाबाहिर गएपछि रिक्त रहेको उक्त पदमा कार्यलयकै नायब सुब्बा तुलाराम गिरीलाई कामु कार्यकारी अधिकृत तोकिएको छ।

नगरपालिकामा उपसचिवस्तरको कार्यकारी प्रमुखको दरबन्दी रहने व्यवस्था छ तर नगर प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो स्वार्थअनुकूलका अधिकृत नपाएपछि दुई तह तलका राजपत्रअनंकृत कर्मचारीलाई कामु कार्यकारी प्रमुखको जिम्मेवारी तोक्न लगाएको असन्तुष्ट पक्षको आरोप छ।

जिल्ला समन्वय समितिबाट समायोजन भएर आएका कार्यक्रम अधिकृत दलबहादुर घर्ती र स्थानीय विकास कोषका कार्यकारी सचिव प्रकाश शाही, कृषि शाखाका कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, पशु सेवा शाखाका पशु चिकित्सक डा. ऋषि सापकोटा, नगरपालिकाका इन्जिनियर नवराज शर्मा, स्वास्थ्य शाखामा कार्यरत छैटौं तहका वीरन्द्र शर्मा र कौशिला बटाला गरी सात जना अधिकृत स्तरका कर्मचारी छन्। 

नगरपालिकाका कार्यक्रम अधिकृत घर्तीले कामु कार्यकारी प्रमुखका लागि मन्त्रालयसम्म धाएपछि उनलाई जिम्मेवारी दिइएन। स्थानीय निकायबाट आएका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन नसकिने भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निजामती सेवाका नायब सुब्बालाई जिम्मेवारी तोकेको हो।

उपसचिवस्तरका कर्मचारी कार्यकारी प्रमुख भएर आउन नमान्ने तर शाखा अधिकृत स्तरका कर्मचारी आफूअनुकूल नभेटिएपछि नगरप्रमुखले आफूनिकट नायब सुब्बालाई कामु कार्यकारी प्रमुख बनाएका हुन्। स्रोतका अनुसार नगर प्रमुखले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य अधिकृतस्तरका कर्मचारीलाई नगरमा सरुवा हुन नदिने र नायब सुब्बालाई नै कार्यकारी प्रमुख बनाएर आफूअनुकूल काम गर्ने÷गराउने सोचले अघि बढिरहेको आरोप अधिकृत स्तरका कर्मचारीको छ। 

उनीहरूले तत्काल उपसचिव नभए पनि शाखा अधिकृतलाई सरुवा हुन दिएर कार्यालयको इज्जत बढाउन आग्रह गरेका छन्। नगरप्रमुख घर्तीले भने अधिकृत स्तरका कर्मचारी सरुवा भएर आउन नमानेकाले नायब सुब्बालाई केही समयका लागि कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको बताए।

नगरप्रमुख घर्तीले भने आफूले सदरमुकाम रहेको नगरपालिकामा उपसचिव स्तरकै कार्यकारी सचिव पठाउन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई बारम्बार आग्रह गरे पनि पठाउन नसकेको बताएका छन्। स्थानीय निकायबाट नगरपालिकामा आएका अधिकृत स्तरका कर्मचारीलाई जिम्मेवारी दिऊँभन्दा सचिव थपलियाले निजामती बाहेकलाई कुनै हालतमा जिम्मेवारी दिन नसकिने बताएपछि केही समयका लागि नायब सुब्बालाई कामु कार्यकारी प्रमुखको जिम्मेवारी दिएका हौं ‘काम रोकिएको छैन', उनले भने, ‘यसमा मेरो कुनै स्वार्थ छैन। नगरमा सरुवा भएर आउने अधिकृतलाई स्वागत गर्न तयार छु।'

भेरी नगरपालिकाको कार्यालय भवन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.