धौलागिरि चढ्ने क्रममा इटालीका आरोहीको मृत्यु

धौलागिरि चढ्ने क्रममा इटालीका आरोहीको मृत्यु

काठमाडौं : धौलागिरि (८,१६७मी.) क्याम्पबाट तीनदेखि वेपत्ता भएका इटालीका आरोही ३७ वर्षीय सिमोनी ला टेरा आइतबार मृत अवस्थामा फेला परेका छन्। आरोहणका क्रममा रहेका टेरा ६ हजार नौ सय मीटर उचाइमा बास बसेकै स्थानबाट टेन्टसहित हावाले उडाए पछि शनिबारदेखि वेपत्ता भएका थिए।

प्रेष्टीज धौलागिरि एक्पीडिसन नामको आरोहणदलबाट १५ जना इटाली आरोही एकसाथ गएका थिए। बाँकी १४ जना सकुशल रहेको टोली प्रमुख दोर्ची शेर्पाले बताए। उनले सगरमाथा, नाङगा पर्वत, धौलागिरिलगायत चारवटा ८ हजार माथिका हिमाल अरोहण गरिसकेका थिए। मृतकको शव हेलिकप्टरमार्फत सोमबार काठमाडौको शिक्षण अस्पताल ल्याइएको प्रेष्टीज एडभेन्चर प्रालिका प्रमुख डम्बर पराजुलीले बताए।

धौलागिरि हिमालको आरोहण गर्न तीन आरोहणदलबाट ३४ जना आरोहीले आरोहण अनुमती लिएका छन्। ९८ आरोहणदलबाट सात सय ९२ जना आरोहीले २५ वटा अग्ला हिमालको आरोहण अनुमती लिएका छन्।

पर्यटन विभागको तथ्याङक अनुसार सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३४ विदेशी आरोहणदलका तीन सय २६ र चार नेपाली अारोहणदलका २० गरी कुल तीन सय ४६ आरोहीले आरोहणको अनुमती लिएका छन्। सबैभन्दा कम हिम्लुङ, पेरीहिमाल, मुकोट हिमाल, छोपावमरे र अन्नपूर्ण हिमालको आरोहणका लागि एक/एक जनाले अनुमती लिएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.