सोइ ढोले सोइ, अर्को ढोले खोइ (फोटो फिचर)
काठमाडौँ: किरात समुदायहरु उभौली पर्वको अवसरमा प्रकृतिको पूजा गरेर नाचगानसहित रमाउन थालेका छन् । उभौँली किरात धर्मवालम्वीहरुको प्रसिद्ध पर्व हो ।
आफ्नो मौलिक पोशाकमा सजिएका बालबालिकादेखि युवायुवती र वृद्धवद्धसम्म यो पर्वमा प्रकृतिको पूजा गर्दै नाचगानमा रमाउँछन् ।
किराती मुन्धु अनुसार पृथ्वीमा कृषि युग सुरु भएदेखि यो प्रचलन आएको विश्वास गरिन्छ । यस पर्वको अवसरमा ललितपुरको नख्खिपोटमा यो पर्वका अवसरमा प्रकृतिको पूजा गर्दै किरात समुदायले नाचागान गरेका छन् ।
ऋतु परिवर्तनको संकेत दिने पर्वको प्रतीकको रुपमा पनि उभौँलीलाई लिइन्छ । वसन्त ऋतुमा पर्ने उभौँलीमा साकेला नाचिन्छ । यो पर्व वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म मनाइन्छ ।
यो दिनमा सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको मानिन्छ । त्यसैले यो पर्व सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ । उभौली पर्व मौसमसँग पनि जोडिएको छ। दिन लामो भएपछि अर्थात् गर्मीको सुरुवातसँगै चिसो भूभागतर्फ उकालो लाग्ने गोठाले युगको सम्झना यो पर्वले गराउँछ ।
अन्नबाली सप्रियोस्, बालीनाली राम्रो लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्न कमी नहोस्, सबैमा सुख-शान्ति होस्, दैवीप्रकोप तथा विपत्ति नआऊन् भन्ने भावसहित पूजा गरिन्छ ।












प्रतिक्रिया दिनुहोस !