प्रदेश-४ को स्थगित बैठक सुरू
![प्रदेश-४ को स्थगित बैठक सुरू](https://annapurnapost.prixacdn.net/media/albums/20180502101144_Prades-sava-4_WmbbVeSXtS.jpg)
पोखरा : बजेट प्रस्तुत गर्ने उद्देश्यले बसेको प्रदेश-४ को स्थगित भएको संसद बैठक सुरू भएको छ। बैठक सुरू हुन नपाउँदै स्थगित भएको थियो।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरू भएको घोषणा गरेपछि प्रदेश सभा सञ्चालन नियमावलीको नियम २१२ निलम्बनको प्रस्ताव गर्न सत्तारूढ सांसद मायानाथ अधिकारीलाई समय दिनासाथ प्रतिपक्ष सांसद कुमार खड्काले नियमापत्ति गरेका थिए।
उनले कुनै पनि मन्त्रीको उपस्थितिबिना प्रदेश सभा चल्न नसक्ने नियमप्रति ध्यानाकर्षण गरेका थिए।
बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बसिरहेकाले मन्त्री संसदमा उपस्थित थिएनन्। नियम निलम्बनको प्रस्ताव पेस गर्न रोस्ट्रम जाँदै गरेका सांसद अधिकार अर्का सांसदको नियमापत्तिले अलमलिएका थिए।लगत्तै सभामुख अधिकारीले बैठक स्थगितको घोषणा गरेका थिए।
सभामुखले प्रदेश सभा सुरू गर्नुअघि सरकारको अनुउपस्थितिबारे ख्याल नगर्दा बैठक सुरू हुनासाथ स्थिगित भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)