हुम्लामा समता विद्यालय

हुम्लामा समता विद्यालय

सिमकोट : समता फाउन्डेसनले हुम्लामा समता स्कुल सञ्चालनमा ल्याएकोे छ । शैक्षिक दृष्टिले पछि परेको हुम्लामा समता फाउन्डेसनले अंग्रेजी माध्यमबाट पढाइ हुने समता विद्यालय स्थापना गरेको हो ।

बुधबारदेखि सुरु भएको विद्यालयमा यस वर्ष कक्षा एकसम्म मात्रै पढाइ हुने समता फाउन्डेसनका प्रतिनिधि रवि रोकायाले जानकारी दिए । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालनमा आएको विद्यालयमा कमजोर आर्थिक अवस्थाका कारण अध्ययनबाट वञ्चित बालबालिकालाई निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उनले बताए । ‘यो शिक्षाको युग हो । हुम्लाका नानीबाबु पनि अब आर्थिक अभावले शिक्षाबाट वञ्चित भएर बस्नुपर्ने अवस्था रहन्न’, उनले भने ।

एक सय रुपैयाँमा सिमकोटमै अंग्रेजी माध्यमबाट शिक्षा आर्जन गर्न पाउनु हुम्लाका लागि सुनौलो अवसर भएको उनले बताए । जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले विद्यालयको विकासका लागि सिंगो हुम्लाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । ‘अब धनी र गरिबका विद्यार्थीले पाउने शिक्षाको विभेद अन्त्य हुन्छ’, उनले भने ।

आर्थिक अभावबाट गुज्रिएका विद्यार्थीलाई लक्ष्य गरी विद्यालय सञ्चालन गरिएको हो ।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले विद्यालयले जिल्लाको शैक्षिक गुणस्तर वृद्धि हुनुका साथै यसले शैक्षिक विभेदलाई समेत सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गरे । सिमकोटको माथिल्लो बजारमा सुरु भएको समता विद्यालयको उद्घाटनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिले विद्यालयको सफलताको शुभकामना व्यक्त गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.