महोत्सव रोक्न बाणिज्य संघको  बजार बन्द

महोत्सव रोक्न बाणिज्य संघको  बजार बन्द

मुसिकोट  : रुकुम उद्योग बाणिज्य संघको आह्वानमा शुक्रबार रुकुम पश्चिमको सदरमुकाम खलंगा बजार बन्द गरिएको छ । आगामी वैशाख २७ गतेदेखि जेठ ७ गतेसम्म खलंगामा आयोजना गर्न लागिएको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७५ मा महोत्सवको उद्देश्य विपरित व्यवसायिक स्टल राखेर स्थानीय व्यापारमा असर पार्न खोजेको भन्दै  बाणिज्य संघले खलंगा बजार बन्द गरेको हो । बाणिज्य संघले दिउँसो १ बजेसम्म बजार बन्द गरेको छ । 

रुकुम यातायात प्रालि, युवा सञ्जाल रुकुम र ग्राण्डी ईन्टरनेशनल होलिडेज प्रालिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो ।  वैशाख २१ गतेदेखि सुरु गरिने भनिएको महोत्सव तयारी नपुगेका कारण एक हप्ता सारिएको आयोजक समितिका संयोजक केशव रावलले जानकारी दिए ।

रुकुम उद्योग बाणिज्य संघले व्यवसायिक महोत्सव अरुले गर्न नपाउने बताउँदै आएको छ । उनीहरुले मुसीकोट नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । 

बाणिज्य संघका अध्यक्ष टेकहादुर पुन भन्छन्, ‘उद्योग बाणिज्य संघसँग सल्लाह र परामर्श नै नगरी साँस्कृतिक तथा पर्यटन महोत्सवको नाम दिएर व्यवसायिक महोत्सव गर्न खोजियो । यो नै गलत छ ।’

 उता आयोजक समितिका संयोजक रावलले उद्योग बाणिज्य संघले महोत्सवमा राखिने स्टलको विरोध गर्नु सरासर सिण्डिकेट भएको आरोप लगाएका छन् । ‘यो सरासर सिण्डिकेट हो । अरुले कुनै पनि सामान सस्तोमा बेच्छु भन्दा  रोक्नु  सिण्डिकेटको नमुना हो ,’ रावलले भने ‘यहाँ त महोत्सव आयोजना गर्ने कुरामै सिण्डिकेट लगाउन खोजियो । तर हामी जसरी पनि महोत्सव गरेरै छोड्छौ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.