पश्चिम रुकुममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

पश्चिम रुकुममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

 डोल्पा : रुकुम र जाजरकोटको सिमानामा पर्ने पश्चिम रुकुमको गोतामकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। शुक्रबार बिहान ९:३० बजे गोतामकोटबाट जाजरकोटका लागि यात्रु लिएर छुटेको ज १ज ५९०२ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा परी  आठबिसकोट नगरपालिका ४ का ३२ वर्षीय कर्णबहादुर बुढाको मृत्यु भएको हो। घाइते सबैको रुकुमको राडिज्यूलामा रहेको अस्पतालमा उपचार भइराखेको छ। 

तिब्र गतिको जीपको ब्रेक फेल हुँदा गम्भीर दुर्घटना भएको अनुमान प्रहरीको छ। दुर्घटनापछि चालक फरार छन्। प्रहरीले चालकको खोजी भइरहेको जानकारी दिएको छ। प्रहरीले गाडीधनी सोही नगरपालिका खिमबहादुर बुढालाई नियन्त्रणमा लिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.