कृष्णसार यातायात व्यवसायी संघका महासचिव र सचिव पक्राउ
गुलरिया : प्रहरीले बर्दियाबाट सञ्चालनमा रहेको कृष्णसार यातायात व्यवसायी संघका महासचिव र सचिवलाई पक्राउ गरेको छ। प्रहरीले मधुवन नगरपालिकाबाट महासचिव भूमिदत्त शर्मा र सचिव कोयल खड्कालाई पक्राउ गरेको हो।
यातायात सेवा अवरोध गरेपछि शर्मा र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनीहरुलाई मधुवनबाट जिल्ला प्रहरी कार्यालय गुलरियामा ल्याइको छ। यातायात व्यवसायीले गरेको बन्दका कारण छोटो तथा लामो दुरीमा यात्रा गर्ने यात्रुहरु अलपत्र परेका छन्।
प्रतिक्रिया दिनुहोस !