मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
![मोटरसाइकल दुर्घटनामा एकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/20180422030439_Accident_e3pT0OxG5G.jpg)
दमक : झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति ४ बस्ने ३२ वर्षीय अमृत सुब्बा रहेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।
सुब्बा सवार मे ८ प ५५६१ नम्बरको मोटरसाइकल बिहान ७ बजेतिर बुद्धशान्ति गाउँपालिका ४ मेची राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा साढे ११ बजे बिएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)