लोग्ने मान्छेको खोजी
आफ्नो कामै माया मारेर, बिजनेस छोडेर, आमाबुुबा अनि घरपरिवार त्यागेर एउटी केटीका लागि पछि पर्छन्। आखिर के पाउँछन् तिनीहरू उही एउटा चर्केको जमिन सिवाय !
यो भनाइ कुुनै वरिष्ठ साहित्यकारको होइन। न त राजनीतिक नेताकै हो। यो त हालै प्रकाशित देवी न्यौपानेको ‘मन’ उपन्यासकी पात्र कल्पनाको हो। कल्पनाको सम्पर्कमा आएका राजुु, प्रेम, विवेक र नरेश उनकै चर्केको जमिनका लागि पछिपछि लागेका छन्। कल्पना गाउँमा भएको बेलामा मात्र होइन, सहरमा चलचित्रकी नायिका हुुँदासमेत पुुरुषहरू उनको पछिपछि लागेका छन्। कल्पनाभन्दा कान्छी केराबारीकी १४ वर्षीया अनिताको विवाहमा आएको एकजना जन्ती राजुु मध्यरातमा पनि उसको पछिपछि लागेको छ।
कल्पना उमेरले बालिका हो, तर मनले केटा मन पराउन थालिसकेको थियो। कल्पनालाई राजुुको स्वर, रूप मन परेको थियो भने राजुुलाई कल्पनाको। जन्ती जग्गेमा झुुम्मिएका थिए, तर कल्पना चिसो परालमाथि राजुुसँग मायाप्रीतिको अलौकिक संसारमा हराएकी छे। उनीहरू जम्मा दुुई घन्टासँगै बसेका हुुन्, तर कल्पनाले आफ्नो हृदयको पानामा कहिल्यै नमेटिने गरी राजुुको तस्बिर र नाम कोरिसकेकी थिई। कतिसम्म भने बाआमाले राजुुसँग विवाह गरिदिए भने ऊ अस्वीकार गर्न नसक्ने अवस्थामा पुुगिसकेकी थिई। राजुुको अँगालोले बाँधिएकी कल्पनालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको थियो।
गाउँकै स्कुुलबाट एसएलसी पास गरेकी कल्पना क्याम्पस पढ्न काठमाडौं जान्छे सरितासँग। काठमाडौंमा सरिताको दाइ थियो। उनीहरू दाइको कोठामा बसेर पढ्न थाले। त्यहाँ बसेर कल्पनाले आईएको पढाइ पू्रा गरी। कल्पना आफ्नो कोठामा आएदेखि नै प्रेम उसको पछि लाग्न थालिसकेको थियो। सरिता केही महिना ट्युुसन पढेर एसएलसीको परीक्षा दिन गाउँ फर्की। सरिता गाउँ गएपछि त कल्पना र प्रेम शारीरिक रूपमा दुुईजना भए पनि एउटै मुुटुुका दुुई भाग भएका थिए। यो क्रम प्रेमले एलएलएम पढ्न भारत नजाउन्जेल रह्यो।
प्रेम पढ्नका लागि भारत गएपछि कल्पनालाई काठमाडौंमा बस्न धौधौ पर्न थाल्यो। साथीको सहयोगमा चलचित्रका नृत्य निर्देशक विवेकसँग भेट भएपछि उसको जीवनले नयाँ मोड लियो। उसले नृत्य सिक्नुुका साथै मोडलिङ पनि गर्न थाली। कल्पना अभिनयका लागि विवेकसँग मोटरसाइकलमा बसेर पोखरा र चितवनसम्म पुुगी। यसबीचमा कल्पनाले विवेकको मोटरसाइकलको पछाडि बसेर काठमाडौंदेखि पोखरा र चितवनसम्म पटकपटक यात्रा गरिरही। यात्राका क्रममा विवेकले सरिताका दाजुु प्रेमको अभिनय गरिसकेको थियो। यो कुुरा बजारमा चलेको विवेक र कल्पनाबीचको रंगतरंगले पनि प्रस्ट हुुन्छ।
चलचित्रमा काम गर्दै गर्दा रंग पत्रकार नरेशसँग भेट भएपछि कल्पनाको जीवनले अर्को मोड लिन्छ। नरेशले कल्पनाको अन्तर्वार्ता र फोटो पत्रिकामा छापेर उसलाई चर्चामा ल्याइदिएको छ। यसपछि बढेको यी दुुईको हिमचिम रेस्टुुराँबाट कल्पनाको कोठासम्म पुुगेर मायाभोगमा विलिन भयो। कल्पनाको सुुन्दरताबाट मोहित भएको नरेश माया भोग गर्न उसको पछि लागेको थियो। दरबारमार्गस्थित एक रेस्टुुराँमा नरेशलाई अन्तर्वार्ता दिन पुुगेको बेला ब्रेकफ्रास्ट लिइरहेका विदेशी पर्यटक पनि कल्पनाको जीउडाल र ड्रेसअप देखेर तिनका मुुख निकैबेर आँ भइरह्यो।
काठमाडौंको राष्ट्रिय नाचघरमा राजबहादुुरसँग भेट भएपछि कल्पनाको जीवन फेरि मोडिन्छ। त्यस दिन एउटा संस्थाले विभिन्न क्षेत्रमा सफल विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो। त्यस कार्यक्रममा कल्पना र राजबहादुुरलाई पनि सम्मान गरिएको थियो। राजबहादुुर पेसाले इन्जिनियर हो। कल्पना चलचित्रकी नायिका। त्यसै दिन यी दुुईबीच परिचय भएको थियो। त्यसपछि यी दुुईबीच सम्पर्क र भेटघाट बाक्लिँदै जान्छ। अन्ततः उनीहरू विवाहबन्धनमा बाँधिन्छन्। यसपछि उपन्यास पनि सकिन्छ।
उपन्यासकारले सुुरु र बीचमा दुुईवटा कथा जोडेका छन्। भोगटेनी गाउँभन्दा पारि केराबारीकी अनितालाई उसका बाबुुले १४ वर्षकै उमेरमा विवाह गरिदिए। पोइको घरको चुुलोचौका, गोठघर, मेलापात गर्दा र बच्चाको आमा बन्दा उसको जवानी समाप्त भएको छ। दुुई बच्चाकी आमा बनेकी अनिता बालविधवा भइसकेकी छे। लोग्ने मरेपछि आ श्रय लिन गएकी उसलाई सासूले उल्टै अलच्छिनाको आरोप लगाउँदै झपारेर फर्काइदिएकी छे। अन्ततः अर्को वर्ष अनिताले कर्मघर छोडेर बाबुुसँगै माइत फर्किनुुपरेको छ।
मन नेपाली साहित्यमा लेखिएको पछिल्लो लघुुउपन्यास हो। जीवन संघर्षका क्रममा केटी मान्छेले ठक्करैठक्कर खानुुपर्छ भन्ने एउटा पाटोलाई यस उपन्यासले प्रस्ट पारेको छ।
अर्को छ, काठमाडौंको बौद्धस्थित एक बोर्डिङ स्कुुलमा विद्यार्थी ओसार्ने गाडीको ड्राइभर र सोही स्कुुलमा पढाउने मिसबीचको सम्बन्ध। ड्राइभर मिसको पछि लाग्छ। मिसलाई आफ्नो बनाउन राम्रो बानी र मीठो बोल्छ। मिसले विवाहपछि मात्र उसले मादकपदार्थ सेवन गर्दो रहेछ भन्ने थाहा पाउँछे। पत्नीले मादक पदार्थ खानुु हुुँदैन भनेर सम्झाउँदा उल्टै ऊ पत्नीलाई कुुट्छ।
उपन्यास ग्रामीण तथा सहरी नेपाली समाजको यथार्थ हो। यस उपन्यासले सिंगो नेपाली समाजको नारी जीवनको एउटा पाटोलाई चित्रांकन गरेको छ। समयको गति भनौं या प्रकृतिको नियति भनौं, सँगै पढ्ने, खेल्ने र बस्ने साथीहरू गौंडा, घुुम्ती र मोडहरूमा पुुगेपछि अलगअलग हुुन्छन्। अगाडि बढ्दै जाँदा कसैको जीवन संघर्षपूर्ण हुुन्छ। कसैको कलिलो जीवनमा ब्रेक लाग्छ र अन्त्यमा चुुँडिन पुुग्छ। उपन्यासको सुुरुआतदेखि अन्त्यसम्म कल्पनाले अनेक संघर्ष मात्र गर्नुु परेको छ भने सरिताको जीवन साथी चुुँडिएको छ। बौद्ध स्कुुलकी मिसको जीवनमा पनि ब्रेक लागेको छ।
यस उपन्यासले प्रकृतिप्रदत्त अवस्थाको पनि चित्रण गरेको छ। केटा र केटी एउटै कोठामा बस्दा, सँगै हिँड्डुुल गर्दा प्रेम अंकुुराउँछ र विस्तारै समागममा परिणत हुुन्छ। जस्तो– प्रेम र कल्पनाको मिलन। काठमाडौं जस्तो ठाउँमा गाउँले केटी मान्छेलाई एक्लै संघर्ष गरेर बाँच्न गाह्रो हुुन्छ। त्यस अवस्थामा अरूको सहायताले धेरै सहज हुुन्छ भन्ने उपन्यासमा देखाइएको छ।
उपन्यासको विषयवस्तुु बाल विधवा, महिलाले सामाजिक रूपमा भोग्नुुपर्ने दुुःखकष्ट र किशोरकिशोरीका मनमा खेल्ने तरेलीहरू छन्। कल्पना यस उपन्यासकी मूल पात्र हो। उपन्यासकारको मुुखपात्र पनि। उपन्यासकारले आफ्ना धेरै कुुरा कल्पनामार्फत अभिव्यक्त गरेका छन्।
कल्पनाले चलचित्रमा नायिका भएर काम गर्न थालेपछि पैसा प्रशस्त हुुन थाल्यो। त्यसपछि उसले पुुरुषहरूलाई खेलौना बनाई। उसले भनेकी छे, ‘अब म जस्तोसुुकै केटालाई पनि फसाउन वा खेलौना बनाउन सक्छुु। किनकि ममा रूप छ। पैसा छ।’ हुुन पनि उसले पैसावाल, भुुँडीवाल र रक्सीवालहरूलाई खेलौना बनाई। तर कोही पनि उसभित्रको आगो निभाउन सक्षम भएनन्। कल्पनाभित्रको आगो निभाउन सक्ने एक मात्र पात्र छ, त्यो हो नरेश।
नरेशले कल्पनाको आगो निभाउन सुुरु गर्नुुअगाडि रेस्टुुराँमा बसेर दुुवैले वाइन र भोड्का पिए। उनीहरूले रेस्टुुराँमा एक दिन मात्र वाइन पिएका थिए, तर कोठामा बेडरुममा पटकपटक वाइन पिए। त्यसबेला कल्पना गिलासमा वाइन खन्याएर भरिदिन्थी र नरेशले पिइदिन्थ्यो। नरेश वाइन पिउँदै जान्थ्यो, कल्पना वाइन खन्याइरहन्थी। कल्पनाको कारखानामा आएदेखि नरेशले सधैंभरि वाइन खाइरहन पाएको थियो।
उपन्यासमा विरोधाभास पक्षहरू पनि भेटिन्छन्। कल्पनाले भनेकी छे— मलाई लोग्ने होइन, लोग्ने मान्छे चाहिएको छ। जबकि कल्पनाले राजलाई लोग्ने बनाएकी छे। कल्पनाले विवाहपछि युुवतीहरू पुुरूषको खेलौना हुुन्छन् भनेकी छे, तर प्रेमले नै उसलाई खेलौना बनाएको छ। अर्को ठाउँमा कल्पनाले भनेकी छे– म कुुनै केटा मानिसको खेलौना वा श्रीमती बन्न चाहन्नँ। तर ऊ राजबहादुुरको श्रीमती वा खेलौना बनेकी छे। यसले पनि उपन्यासलाई विरोधाभास बनाएको छ।
मन नेपाली साहित्यमा लेखिएको पछिल्लो लघुु उपन्यास हो। जीवन संघर्षका क्रममा केटी मान्छेले ठक्करैठक्कर खानुुपर्छ भन्ने एउटा पाटोलाई यस उपन्यासले प्रस्ट पारेको छ। आकारले उपन्यास छोटो छ। वाक्य सरल र सरस छ। भाषिक शुुद्धाशुुद्धिमा त्रुुटि भेटिँदैन। यसैगरी उपन्यासको परिवेश पूर्वी नेपालको कुुम्भकर्ण हिमालको काख र पाँचथरको भोगटेनी, चितवन, पोखरा र काठमाडौंसम्म छ।
लेखकः देवी न्यौपाने
प्रकाशकः सौगात पुुस्तक प्रकाशन
मूल्यः रु. ३००।–