कालीगण्डकी जलयात्रा (फोटो कथा)
गर्मीमा शीतल जल, कसलाई पो मन नपर्ला र ? बढ्दो गर्मीसँगै उकुुसमुुकुुस भइरहेको शरीरले जलको स्पर्श पाउँदा मात्र पनि तनमन पूरै शीतल हुुन्छ। र त, मानिसहरू पौडी खेल्न रमाइलो मान्छन्। आजकल सहरमा गर्मी छल्न भनी कृत्रिम रूपमा बनाइएका ‘स्विमिङ पुुल’मा जाने संस्कृति बढ्दो छ। तर, आफ्नै वेगमा सुुसाउँदै बग्ने खोला र नदीमा जस्तो आनन्द कहाँ हुुन्छ र कृत्रिम पोखरीहरूमा !
घन्टौंसम्म पानीमा खेल्न पाउँदा हामी रोमाञ्चक अनुुभूति हासिल गर्छौं। रोमाञ्चक अनुुभूति सँगाल्नेहरूका लागि लोकप्रिय बन्दै गएको छ— कालीगण्डी जलयात्रा अर्थात् र्याफ्टिङ।
र्याफ्टिङ एक साहसिक खेल हो। रोमाञ्चक अनुुभूति सँगाल्न चाहनेका लागि कालीगण्डकी नदी निकै प्रख्यात छ। गर्मीयाम सुुरु भएसँगै यस नदीको प्रवाहमान छालसँगै बग्न चाहनेको लर्को नै लाग्न थाल्छ।
उच्च वेगमा बग्ने र्यापिड (छाल)हरू प्रशस्त भएका कारण कालीगण्डकीले ‘स्विट रिभर’को ताज पहिरिएको छ। कालीगण्डकी नेपालमा मात्र होइन, विदेशी पर्यटकमाझ पनि उत्तिकै प्रिय र प्रख्यात गन्तव्य हो।
पहिले पर्वतको नयाँपुुलदेखि पाल्पाको राम्दीसम्मको कालीगण्डकी खण्डमा पाँच दिनको जलयात्रा हुुन्थ्यो। कालीगण्डकी–ए जलविद्युुत् परियोजना सुुरु भएपछि भने नयाँ पुुलदेखि स्याङ्जाको मिर्मीसम्मको ६५ किमी नदीखण्डमा जलयात्रा तीन दिनमा छोटिएको छ।
कालीगण्डकीका प्रवाहमान छालहरूसँग खेल्न हालका दिनमा वार्षिक तीन हजारभन्दा बढी पर्यटक भित्रिने गरेको र्याफ्टिङ सेवा प्रदायक कम्पनी ‘र्यापिड रनर’का प्रमुुख गाइड पूर्ण गुुरुङ बताउँछन्। युुरोप, अमेरिका, बेलायतदेखि एसियाका विभिन्न देशबाट जलयात्राका लागि पर्यटक आउने गरेका छन्।
कालीगण्डकी आसपासको मनमोहक प्राकृतिक वातावरणमा रम्दै गरेको जलयात्राले रोमाञ्चक अनुुभूति दिन्छ। त्यसो त कालीगण्डकी धार्मिक हिसाबले समेत पवित्र र महत्वपूर्ण रहिआएको छ। दामोदर कुुण्डजस्तो पवित्र तीर्थस्थलबाट सुुरु भई देवघाटजस्तो पवित्र धाममा पुुगेर यो नदी विलय हुुन्छ। हिन्दू धर्ममा श्रद्धाका साथ पूजा गरिने शालिग्राम पाइने एक मात्र नदीका रूपमा प्रख्यात कालीगण्डकीको धार्मिक–सांस्कृतिक एवं ऐतिहासिक महत्व उच्च छ।
नेपालमा र्याफ्टिङ गराउने ट्राभल कम्पनी थुुप्रै छन्। कालीगण्डकीमा मात्रै दर्जनभन्दा बढी कम्पनी कार्यरत छन्। कम्पनीले नै यातायात, खाना, क्याम्पिङदेखि र्याफ्टिङका लागि चाहिने सम्पूर्ण सामान तथा जनशक्तिको बन्दोबस्ती प्याकेजमै मिलाउँछन्। स्थानीयस्तरमा भने जलयात्रामा आउने पर्यटकका लागि काम गर्ने कुुनै निकाय छैनन्।
नयाँ पुुलबाट सुुरु हुुने तीनदिने जलयात्रामा पहिलो दिनको क्याम्प पर्वत मोदीवेणीमा हुुन्छ। दोस्रो दिनको क्याम्प पूर्तिघाट र तेस्रो दिन स्याङ्जाको मिर्मीमा पुुगेर यात्रा टुुंगिन्छ। यहाँ अधिकतम ६ ग्रेटसम्मका दर्जनभन्दा बढी र्यापिडमा साहसिक जलयात्रा गर्न पाइन्छ।
पहिले विदेशी मात्र देखिने यस नदीमा हाल भने जलयात्राकै लागि आउने नेपाली पर्यटकको उपस्थितिसमेत बाक्लो देखिन्छ। असोजदेखि मंसिर र फागुुनदेखि जेठसम्म सात महिना यहाँ अनवरत जलयात्रा गर्न सकिन्छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

प्रतिक्रिया दिनुहोस !