रेखाको फिल्ममा कमला हिरोइन

रेखाको फिल्ममा कमला हिरोइन

जाजरकोट : जाजरकोट खलंगाको शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिएकी १५ वर्षीया कमला वली चर्चित अभिनेत्री रेखा थापा र जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले बालविवाहको विषयवस्तु समेटेर बनाउन लागेको फिल्म ‘मालिका’ की नायिका छानिएकी छन् ।

अभिनयको ज्ञान छ र अनुभव नभएकी कमला मालिका फिल्मको मुख्य नायिकाको भूमिकामा छानिएकी छन् । घरपरिवार र समाजले बालविवाह गर्न दबाब दिइरहेका बेला उनले त्यसविरुद्ध प्रतिवाद गरेर बालविवाहको चपेटामा परेका बालिकाका लागि अभिनयमार्फत नमुना बनेर देखाउने नायिका रेखा थापाले बताइन् । बालविवाहविरुद्धको देशव्यापी अभियानअन्तर्गत नायिका रेखा र अभियन्ता कार्कीले निर्माण गर्न लागेको ठूलो पर्दाको फिल्मका लागि हिरोइन खोज्ने क्रममा भेरी नगरपालिका— १ कालेगाँउमा कमला भेटिएकी हुन् ।

फिल्मका लागि हिरोइन खोज्ने क्रममा जाजरकोट खलंगाबाट पूर्वको नलगाड नगरपालिका पुगेर फिल्मको टिम फर्कंदै गर्दा आफ्नै काममा व्यस्त रहेकी १५ वर्षीया कमलासँग जीवन रूपान्तरका प्रशिक्षक कार्कीको भेट भयो । मालिका चलचित्रका कार्यकारी निर्मातासमेत रहेका कार्कीको नजरमा परिन् गोरी, होचो कद, निधारमा खत अनि पातलो जिउडाल भएकी १५ वर्षीया कमला । आफूहरूले खोजेको पात्रमा हुनुपर्ने सबै गुण कमलामा देखेपछि कार्कीले कमला र उनका अभिभावकसँग कुरा गरे । प्रस्ताव आउँदा सुरुमा कमला र उनका आमाबाबु अन्कनाए पनि साथीसंगी र गाउँका अगुवाले फिल्ममा अभिनय गर्न पाउनु ठूलो अवसर हो भनेर सम्झाएपछि फिल्म खेल्न सहमत भए । धेरै फिल्म हेरेकी तर अहिलेसम्म अभिनय नगरेकी कमलालाई ठूलो पर्दाको फिल्म एकै पटक खेल्दा कस्तो होला भनेर निकै कौतुहल लागेको छ । उनी फिल्ममा अभिनय गर्नकै लागि गत बिहीबार काठमाडौं प्रस्थान गरेकी छन् । एक महिना अभिनयको तालिम लिएपछि उनको सुटिङ सुरु हुनेछ ।

सामाजिक कुरीतिका रूपमा व्याप्त बालविवाहलाई अभिनयको माध्यमबाट हटाउने अभियानमा लाग्ने कमलाले अठोट गरेकी छन् । नेपालबाट बालविवाह मुक्त गरी छोरीका लागि स्वर्णीम नेपाल बनाउने देशव्यापी अभियानमा लागेका नायिका रेखा र जीवन रूपान्तरणका प्रशिक्षक कार्कीले आम रूपमा मुलुकलाई नै बालविवाहविरुद्ध सहभागी गराउन ‘मालिका’ फिल्म निर्माण गर्न लागेको बताएका छन् । फिल्ममा ‘मालिका’ को भूमिकामा नायिका रेखा थापा हुनेछिन् भने जयाको भूमिकामा कमला देखिनेछन् । कमला सानै उमेरमा घरपरिवार र आफन्तले जबर्जस्ती गर्न लागेको विवाह नगरी भागेर काठमाडौं जान्छिन् ।

सबैतिर उनीमाथि दुव्र्यवहार हुन थालेपछि उनकी साथी बन्न आइपुग्छिन् रेखा थापा । रेखाले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध लड्न सिकाउँदै फेरि जहाँबाट उनी विवाहको मण्डप छोडेर भागेकी हुन् त्यही गएर बालविवाहलगायतका हिंसाविरुद्ध सक्रिय हुने विषयवस्तु रहेको छ ।

नेपालका अन्य जिल्लाको तुलनामा कर्णाली प्रदेशमा बढी बालविवाहको दर भएको हुनाले जाजरकोटबाटै फिल्मको मुख्य पात्र खोजिएको नायिका रेखाले बताइन् । छोरीका निम्ति स्वर्णीम नेपाल बनाउने हाम्रो अभियानमा सारा नेपालीलाई सहभागी गराउन यो फिल्म बनाउन लागेको रेखाले बताइन् । ‘यो फिल्म निर्माणको उद्देश्य तीन करोड नेपालीको सपनासँग जोडिएको छ त्यसैले सबैको साथ पाउने छौं’, रेखाले भनिन् ।

रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्म जाजरकोटका विभिन्न स्थान, बाँके र काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ । फिल्मको निर्देशन सम्झना उप्रेतीले गर्ने छिन् भने संगीत सुरेश अधिकारीले दिनेछन् । जाजरकोटमा उमेर नपुग्दै ६५ प्रतिशत बालबालिकाको बिहे हुने गरेको छ । बालविवाह दर उच्च रहेको जाजरकोटलगायतका कर्णालीका जिल्लाको जीवनशैली, त्यहाँवटा उत्पन्न समस्या समाधानका लागि महिलाले खेल्नुपर्ने सशक्त भूमिका र समस्याका कुरालाई फिल्मको विषयवस्तु बनाइएको चलचित्रका कार्यकारी निर्माता कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.