लागु औषध सहित तीन पक्राउ
दमक : झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका–१ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने, विर्तामोड नगरपालिका–१० बस्ने २८ वर्षीय सनम राई र मोरङ रतुवामाई नगरपालिका–६ बस्ने ३० वर्षीय झनक बहादुर धमला रहेका छन् ।
भद्रपुर नगरपालिका–५ स्थित मेची पुल नजिकैबाट भारतबाट नेपालतर्फ आउदै गरेको मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा मोटरसाईकलको सिट मुनी लुकाएको अवस्थामा लागुऔषध नाईट्रोजन ट्याबलेट ४२ पिस र स्पामोप्रोक्सिङ २१ पिस बरामद भएको छ ।
बरामद लागुऔषधसहित मोटरसाइकल चालक न्यौपाने र पछाडी सवार राईलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै मेचीनगर नगरपालिका–६ बसपार्कबाट पैदल हिँडिरहेका धमलाको साथबाट ४ ग्राम खैरो हिरोइन बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कांकडभिट्टाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !