दमक गोल्डकप : मनाङ फाइनलमा

दमक गोल्डकप : मनाङ फाइनलमा

दमक : मनाङ मस्र्याङदी क्लब झापाको दमकमा जारी प्रथम दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो ।

मनाङले टाइब्रेकरमा आर्मीलाई ५-४ गोलले पराजित ग¥यो । मनाङले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । निर्धारित समयमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा आर्मीका दीपक गुरुङको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले रोकेपछि आर्मीको उपाधि जित्ने आशा तुषारापात भएको हो । आर्मीका लागि भरत खवास, सन्तोष तामाङ, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । मनाङका कमल श्रेष्ठ, विमल बस्नेत, सुजल श्रेष्ठ, हेमन गुरुङ र अञ्जन विष्टले गोल गरे । खेलको ३०औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै टंक बस्नेतले आर्मीका लागि गोलको खाता खोलेका थिए । पहिलो हाफमा खुलेर खेल्न नसकेको मनाङ दोस्रो हाफमा भने आक्रामक बनेको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै दीपक राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आर्मीले धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

खेलको १०औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेन्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ५३ औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अञ्जन विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६१औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई खेर फाले ।

पहिलो हाफमा दबाबमा परेको मनाङ दोस्रो हाफमा लयमा फर्किएको थियो । बुधबारको खेलको म्यान अफ दी म्याच मनाङका गोलकिपर विशाल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अर्को विभागीय टोली एपीएफलाई हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको हो । मनाङले भने यसअघि सरस्वती क्लबलाई पराजित गरेको थियो । प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो । बैशाख १९ गतेदेखि सुरु भएको प्रतियोगितामा ए डिभिजनसहित १० टोलीको सहभागिता रहेको छ ।       
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.