आठजना गाइडले गरे सगरमाथाको पहिलो आरोहण
काठमाडौं : यस बर्ष बसन्त ऋतुमा पहिलो सगरमाथा आरोहण आठजना गाइडले एकै साथ गरेका छन् । आरोहीलाई चुचुरो पुर्याउन बाटो निर्माणमा खटिएका दक्ष गाइड पासाङ तेन्जीङ शेर्पा, पासदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धीबहादुर तामाङ, पेम्वाछिरी शेर्पा, तेन्जीङ ग्याल्जेन शेर्पा र डाटुक भोटेले सामूहिक रुपमा बाटो निर्माण गरेर दिउँसो ३ः३० बजे चुचुरो चुमेका हुन् ।
हिमालयन गाइड नेपाल ट्रेकबाट खटिएका गाइडले आइतबार हिलारी स्टेप भन्दा मुनीदेखि बाटो निर्माण गरी चुचुरो पुगेको कम्पनीका प्रमुख ईश्वरी पौडेलले बताए । 'यस बर्ष बाटो बनाउने जिम्मा हामीले पाएका छौँ,' आठजना दक्ष गाइडले दुई सातादेखि लगातार प्रयास गरी बाटो निर्माण गरेर आइतबार दिउँसो सगरमाथाको सफल आरोहण गरेको स्यटलाइट फोनबाट खवर प्राप्त गरेको पौडेलले जानकारी दिए ।
यो बसन्त ऋतुकै पहिलो आरोहण हो ।
प्रतिक्रिया दिनुहोस !