हावाहुरीले बर्दियामा करोडौं क्षति

हावाहुरीले बर्दियामा करोडौं क्षति

गुलरिया : गएराति आएको हावाहुरीले बर्दियामा करोडौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। हुरीका कारण कच्चीघरका छाना र भित्ता उडाउने तथा रुख ढल्ने भएपछि बर्दियाका विभिन्न ठाउँमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गका अनुसार हुरीले १० जना घाइते भएको र ५ सय घर पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको छ। तथ्यांक संकलन भइरहेकाले वास्तविक क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए। 

हुरीले बर्दियाको मधुवन, ठाकुरवावा, गुलरिया, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। 

यसैबीच, गएराति राजापुर नगरपालिका वडा नम्बर ३ नंगापुर स्थित मानबहादुर थारुको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको उपरीक्षक भट्टराईले बताए। आगलागीबाट एउटा कच्ची घर, पशुपंक्षी, मोटरसाइकल गरी ६ लाख रुपैयाँ बराबरको क्षति भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.