नेकपाको स्थायी समिति कति समावेशी ? एक दलित, दुई मधेसी र तीन महिला !

नेकपाको स्थायी समिति कति समावेशी ? एक दलित, दुई मधेसी र तीन महिला !

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। दुई पार्टी विघटन भएर बनेको नयाँ पार्टी नेकपामा दलित, महिला, मधेशी र जनजातिको प्रतिनिधित्व न्यून देखिएको छ। टुंगो लागेका ४३ सदस्यीय स्थायी समितिमा एक दलित, दुई मधेसी, तनि महिला छन् भने नाैजना जनजाति परेका छन्। 

एमालेकातर्फबाट छविलाल विश्वकर्मा नेकपाको स्थायी समिति पर्ने एकमात्र दलित हुन्। माओवादी केन्द्रबाट कोही पनि दलित स्थायी समितिमा परेनन्। नेकपा स्थायी समितिमा मधेसीको प्रतिनिधित्व समेत न्यून छ। एमालेबाट सत्यनारायण मण्डल र माओवादीबाट मातृका यादव स्थायी समितिमा परेका छन्। 

उता नेकपाको स्थायी समितिमा तीनजना मात्र महिला परेका छन्। एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य परेकी छन्। माओवादी केन्द्रबाट दुई महिला स्थायी समितिमा छन्। माओवादीबाट पम्फा भुसाल र ‌ओनसरी घर्ती स्थायी समितिमा परेका हुन्। 

स्थायी समितिमा एमालेबाट ४ र माओवादीबाट ५ जना गरी ९  जना जनजाति परेका छन्। एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पृथ्वीसुब्बा गुरुङ, नेता सुवासचन्द्र नेवाङ र किरण गुरुङ एकीकृत पार्टीको स्थायी समितिमा परेका छन्।  माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, देव गुरुङ, बर्षमान पुन र ‌ओनसरी घर्ती परेका छन्। स्थायी समितिमा दुईजना सदस्यपछि थप्ने निर्णय भएको छ। दुई पार्टीबीच एकता टुंगो लगाउँने क्रममा ४३ सदस्यीय स्थायी समितिमा सहमति भएको भए पनि बिहीबार दुई जना थप गर्ने निर्णय भएको हो।

९ सदस्यीय केन्द्रीय सचिवालयमा महिला, मधेसी र दलितको प्रतिनिधित्व छैन। जनजातिको प्रतिनिधित्व भने नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गरेका छन्। नेकपाको ४४१ सदस्यीय केन्द्रीय समिति बनेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.