कंगोमा इबोलाको प्रकोप

कंगोमा इबोलाको प्रकोप

कंगो : प्रजातान्त्रिक गणतन्त्र कंगोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।दश लाख जनसंख्या भएको उत्तरपश्चिमी शहर ब्यान्डाकामा उक्त संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इबोला संक्रमणका विरामी यहाँ पुनः देखा परेका हुन् । झण्डै १० लाख व्यक्तिको बसोवास रहेको उक्त शहरमा यो संक्रमण देखा परेकाले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको जनाइएको छ ।

यसअघि यसै महिनाको शुरुमा ब्यान्डाका शहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण बस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए । यस संक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए । परीक्षणका लागि चार हजार इबोलाको खोप बुधबार मात्र कंगो पुर्‍याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो । 

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा उक्त खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको छ । कंगोमा यस प्रकार इबोलाको नयाँ संक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको छ ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यसबमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पुर्‍याइएको छ । इबोला संक्रमित र उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन र कंगोका अधिकारीले जानकारी दिएका छन् ।

 सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कंगोमा हाल देखिएकाले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीको भनाइ छ । पश्चिम अफ्रिकामा इबोला भाइरसका कारण करिब एघार हजारको ज्यान गएको थियो । यसको संक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.