तीन महिनादेखि पाएनन् स्वास्थ्यकर्मीले तलब

तीन महिनादेखि पाएनन् स्वास्थ्यकर्मीले तलब

जाजरकोट : जाजरकोटका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलबभत्ता पाएका छैनन्।समयमै तलब नपाएपछि उनीहरुले गुनासो गर्न थालेका छन्। समयमा रकम निकासा नहुँदा जाजरकोट अस्पताल र भेरीनगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलबभत्ता पाउन नसकेका हुन्।

यस अघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको गुनासो गरेका छन्। भेरी नगरपालिलका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन्।

त्यस्तै भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले फागुनदेखिको तलब पाउन सकेका छैनन्। स्वास्थ्य संस्था स्थानीय तह मातहत जानुअघि हरेक महिनाको २५ देखि मसान्तभित्र सम्बन्धित कर्मचारीले तलब जम्मा भइसक्थ्यो।

जिल्ला अस्पतालको विभिन्न प्राविधिक पदमा कार्यरत ३३ जना र नगरपालिकामा कार्यरत ३४ जना गरी ६७ जना स्वास्थ्यकर्मीले समयमा तलब भत्ता पाउन नसकेका हुन्। गत फागुनदेखि तलब खान नपाउँदा घरखर्च चलाउन समस्या भएको जिल्ला अस्पतालमा कार्यरत सिनियर अहेब बेदबहादुर सिंहले बताए।

मन्त्रालयबाटै निकासा नभएको भन्दै नगरपालिकाले रकम नदिएपछि तलब खान समस्या भएको हो। रात दिन नभनी चौबिसै घण्टा बिरामीको सेवामा खटिनु पर्ने स्वास्थ्यकर्मीलाई समयमा तलब नदिएर अन्याय गरेको उनको भनाई छ।

भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले दिनहुँ बिरामीको सेवामा तल्लिन स्वास्थ्यकर्मी लामो समयदेखि तलब नपाउँदा निराश भएको बताए। उनले स्थानीय तहमा गएपछि सेवासुविधा सहज होला सोचेका स्वास्थ्यकर्मीले तलब नपाउँदा घरखर्च टार्न समेत समस्या भएको बताए।

भेरीनगरपालिकाका निमित्त कार्यकारी प्रमुख तुलाराम विष्टले रकम निकासा नभएकोले स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको बताए। यस अघि निकासा भएको तलब सकिएको र फेरी निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत स्वास्थ्य सेवा विभागमा माग गरेपनि हालसम्म निकासा भएको छैन, उनले भने, ‘निकासा हुने वित्तिकै नगरपालिकाले तलब रोक्दैन।'

स्रोतका अनुसार अर्थ मन्त्रालयले स्वास्थ्यको बजेट एकमुष्ट मन्त्रालयलाई पठाएको तर स्वास्थ्य मन्त्रालयले उक्त रकम स्वास्थ्यकै अन्य कार्यक्रममा खर्च गरेपछि तलब निकासा हुन नसकेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.