कालिकोटको पचालझरनामा एक घर एक धारा

कालिकोटको पचालझरनामा एक घर एक धारा

कालिकोट : वर्षौदेखि खानेपानीको अभाव खेपिरहेको नानीकोट गाउँलाई खानेपानी सुविधासहितको नमूना गाउँ बनाउन 'एक घर एक धारा' निर्माण गर्न थालिएको छ। स्थायीरुपमा समाधान गर्न पचालझरना गाउँपालिकाले बिनियोजन गरेको ६७ लाख बजेटमा खानेपानी आयोजना निर्माण गरी एक घर एक धारा जडान गर्न थालिएको हो।

पचालझरना गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सर्पसिंह बोहोराले खोलीज्यूला खानेपानी आयोजना निर्माण गरी नानिकोट गाउँका करिब २ सय घरधुरीमा एक घर एक धारा जडानको काम भइरहेको बताए। उनका अनुसार आर्थिक वर्षभित्रै घरघरमा खानेपानी सुविधा पुर्‍याउने लक्ष्यसहित खोलीज्यूला खानेपानी आयोजनाको निर्माण कार्यलाई तीब्रता दिइएको छ। 

पचालझरना गाउँपालिका वडा नं. ७ का स्थानीय खोलीज्यूला खानेपानी आयोजना निर्माण भएपछि वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्याबाट मुक्त हुने आशामा छन्। 

स्थानीय कृर्षना ऐडीले नानिकोटलाई प्रयाप्त खानेपानी सुविधासहितको नमूना गाउँ बनाउन खोलीज्युला खानेपानी आयोजनाको निर्माण गरी घर घरमा खानेपानी धारा जडान गर्ने भएपछि आफूहरु निकै खुसी भएको बताइन्। उनले भनिन्,' अब हाम्रो गाउँमा खानेपानीको समस्या अन्त्य हुने भयो।'

'यसअघि बाराम्बार खानेपानी सुक्दा दुख पाएका थियौँ,उनले भनिन्,' सबै मिलेर खानेपानी आयोजना निर्माणमा जुटेका छौं।' उनले घर घरमा धारा निर्माण भएपछि सदाका लागि खानेपानी अभावको  अन्त्य हुने बताए।

पचालझरना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अरुण रोकायाले गाउँपालिकालाई नै खानेपानी समस्याबाट मुक्त बनाउन आर्थिक वर्षमा पाँचवटा वृहत खानेपानी आयोजना निर्माण गर्न थालिएको बताए।

उनका अनुसार पचालझरना गाउँपालिका वडा नं. १ मा धमाली वृहत खानेपानी आयोजना, खरकोट वृहत खानेपानी आयोजना, वडा नं. ४ मा राम्नाकोट वृहत खानेपानी आयोजना, वडा नं. ६ मा बोलुगाँउ वृहत खानेपानी आयोजना र वडा नं. ७ मा खोलीज्यूला वृहत खोनपानी आयोजना रहेका छन्। उनले भने, यि सबै खानेपानी आयोजना निर्माण गरी प्रत्येक घरमा धारा जडान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.