एक सातामा ७० लाख राजश्व संकलन

एक सातामा ७० लाख राजश्व संकलन

दुनै,डोल्पा : डोल्पामा यार्चागुम्बा संकलक पूर्जी वितरणबाट एक साताभित्र ७० लाख २३ हजार राजश्व संकलन भएको छ।शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्रको यार्चापाटन प्रवेश अनुमतिबाट मात्रै उक्त राजस्व संकलन भएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यायले जानकारी दिएको छ। 

बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनका लागि डोल्पाका उच्च हिमाली क्षेत्रका यार्चा पाटनमा पुग्ने सर्वसाधारणबाट संकलन पूर्जी वितरण गरी सात दिनभित्रै पौने करोड रकम संकलन गरिएको हो।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जका विभिन्न चेकपोष्टबाट संकलन पूर्जी वितरण गरेर राजस्व संकलन गर्ने गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए।

 यार्सा संकलन गर्दै।

हालसम्म संकलन भएको रकम फोन सम्पर्क हुने चेकपोष्टको मात्रै भएको र धो,साल्दाङ,फोक्सुन्धो,पलमलगायतका चेकपोष्टबाट संकलन रकमको जानकारी आउन बाँकी रहेको निकुञ्जका सहाय संरक्षण अधिकृत प्रकाश उप्रतीले जानकारी दिए।

यार्चागुम्बा संकलनका लागि जिल्ला भित्र र बाहिरका मानिसह आउनेक्रम जारी रहेकाले निकुञ्जका विभिन्न दशवटा चेकपोष्टबाट जेठ महिनाको अन्तिमसम्म अझै थप लाखौँ राजस्व संकलन हुने अनुमान गरिएको सहायक संरक्षण अधिकृत प्रशास उप्रेतीले बताए।

जेष्टको एक गतेदेखि आजसम्ममा निकुञ्जक क्षेत्रमा मात्रै ५ हजारभन्दा मानिसले प्रवेश गरेका छन्। एक साताको अवधिमा क वर्गको १७ सय ७८,ख वर्गको ८ सय १४,ग वर्गको १५ सय तेईस संकलन इजाजत पत्र वितरण गरिएको शे फोक्सुन्डो रष्ट्रिय निकञ्जले जनाएको छ। 

तीन वर्गमा यार्चागुम्बा संकलकका लागि अनुमति पत्र दिने व्यवस्था रहेको छ। सोहीअनुसार निकुञ्ज तथा मध्य क्षेत्रका बासिन्दालाई क वर्गको ५ सय,जिल्ला भित्रका बासिन्दाका लागि ख वर्गको २ हजार, र जिल्ला बाहिरका बासिन्दाका लागि ग वर्गको तीन हजार रकमको अनुमति पत्र रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

निकुञ्जका अनुसार सबै वर्गका संकलकबाट सेवा शुल्कवापत छुट्टै ५ सय लिने गरेको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जिल्लाका सुलिगाड,त्रिपुराकोट,तोईजुम,धो,साल्दाङ,सुम्दुहा,मुगुको डोल्फु र किम्रीसहित विभिन्न दशवटा चेकपोष्टबाट संकलन पूर्जी वितरण गर्दै आएको छ। बहुमुल्य जडिबुटी यार्चागुम्बा संकलनका लागि झण्डै दश हजारभन्दा बढी यार्चा पाटनमा आइपुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.