टेलिकम डाटा प्रयोगकर्ता बढे

टेलिकम डाटा प्रयोगकर्ता बढे

काठमाडौं  :  नेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक महिनामा दुई लाख हाराहारीले बढेका छन्। योसँगै टेलिकम डाटा प्रयोगकर्ता करोड नाघेको छ। कम्पनीको २०७४ चैतको एमआईएस रिपोर्टका आधारमा टेलिकमको मोबाइल डाटा प्रयोग गर्नेको संख्या एक करोड एक लाख ५४ हजार पुगेको छ।

गत फागुन महिनामा ९९ लाख हजार ५४ हजार सात सय २२ डाटा प्रयोगकर्ता रहेकोमा यो महिनामा ग्राहकको संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराइन्। वैद्यका अनुसार पछिल्लो समय डाटामा ग्राहकको बढ्दो आकर्षणले एक महिनाको अवधिमा डाटा प्रयोगकर्ता थपिएका हुन्। ‘फागुन महिनामा ९९ लाख हजार ५४ हजार सात सय २२ डाटा प्रयोगकर्ता थिए’, उनले भनिन्, ‘अहिले कम्पनीले तयार पारेको एमआईएस रिपोर्टमा ग्राहकको संख्या एक करोडभन्दा बढी छ।’

उनका अनुसार यो अवधिमा कम्पनीको जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार एक सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार पाँच सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका एक लाख ९९ हजार सात सय पुगेका छन्। २०७४ असार मसान्तसम्म कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्म यो संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ। यस अनुसार २०७४ असारसम्म डाटा प्रयोगकर्ता २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

रिपोर्ट अनुसार २०७४ चैत मसान्तसम्म टेलिकमको फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार एक सय ७२ छन्। दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार टेलिकमको फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार पाँच सय आठ छन्। यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्तामध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका छन्।

गत चैत अन्त्यसम्म टेलिकमका टेलिफोन ग्राहक एक करोड ९३ लाख २२ हजार आठ सय ५५ छन्। यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार पाँच सय ३९, सीडीएमए ग्राहक १६ लाख ८८ हजार तीन सय ५१ तथा पीएसटीएन ६ लाख ८९ हजार तीन सय ७३ छन्। कम्पनीले सेवाग्राहीको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफर उपलब्ध गराइरहेको छ। यस्ता प्याकेज र अफरका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ता बढिरहेको टेलिकमले जनाएको छ। डाटा सेवाका लागि कम्पनीले हाल पाँच एमबीपीएससम्मको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक पाँच सय ८३ रुपैयाँमा उपलब्ध गराइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.