३३ किलो सुन प्रकरण : २८ अभियुक्तलाई झुम्का पुर्‍याइयो

३३ किलो सुन प्रकरण : २८ अभियुक्तलाई झुम्का पुर्‍याइयो

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षमा पठाइएका २८ जनालाई बुधबार सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार लगिएको छ। 

विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा राख्नलाई ठाउँ अभाव भएपछि उनीहरुलाई साँझ झुम्का पु¥याइएको हो। मोरङ कारागारका निमित्त जेलर शंकरप्रसाद पौडेलका अनुसार ठाउँ अभावमा राख्न असुविधा भएपछि अभियुक्त बुझिलिने पत्रसहित सबैलाई झुम्का कारागार पठाइएको हो। दुई सय ५० क्षमताको कारागारमा अहिले सात सय ५० जना कैदी बन्दी मोरङ कारागारमा रहेको जानकारी उनले दिए। भने, ‘कारागारमा रहेका कैदी बन्दीलाई व्यवस्थापन गर्न नै समस्या भइरहेको छ। थप २८ जनालाई राख्न सक्ने अवस्था नै भएन।’ 

पौडेलले प्रतिवादी टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, आर के भनिने राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, दोराम खत्री, हेमन्त गौतम, कपिलराज पुरी, एल बी भनिने लालबहादुर मगर, सम्बीरप्रसाद तोलाङ्गे, राजु महर्जन, राजन थापा, तुलाराम थारु, अमरमान डंगोललाई झुम्का कारागार स्थानान्तरण गरिएको जानकारी दिए। त्यस्तै प्रहरी अधिकारी पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजयबहादुर राउत, प्रजित केसी र सइ बालकृष्ण सञ्जेललाई पनि झुम्का कारागार पठाइएको उनले बताए। 

जिल्ला अदालत मोरङले पक्राउ परेका ३० मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन मंगलबार आदेश दिएको थियो। पक्राउ परेका मध्ये प्रहरी जवान विष्णुबहादुर खड्का धरौटी र हवल्दार अम्बरबहादुर थापामगर साधारण तारेखमा छुटेका छन्। अदालतले थुनामा राख्न आदेश दिए पनि कारागारले ठाउँ अभाव रहेको बताएपछि मंगलबार राति २८ जनालाई नै जिल्ला प्रहरी कार्यालय मोरङमै राखिएको थियो। 

मोरङ कारागारले थप बन्दीलाई राख्नका लागि ठाउँ अभाव रहेको भन्दै झुम्का कारागार पठाउन बुधबार अदालतसँग अनुमति माग गरेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए। उनका अनुसार जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले अनुमति दिएपछि पुर्पक्षमा पठाइएका सबै जनालाई झुम्का लैजान बाटो खुलेको हो। ‘ठाउँ अभावमा राख्न असुविधा हुने भयो भनेर कारागारले पत्र लेखेको थियो,’ गौतमले भने, ‘त्यसपछि इजलासले स्थानान्तरणका लागि अनुमति दियो।’ 

बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेत्रृत्वको टोलीले मोरङ कारागारको अनुगमन पनि गरेको थियो। अनुगमनका क्रममा क्षमता भन्दा बढी कैदी बन्दी रहेको र ठाउँ अभावमा उनीहरु त्रिपाल मुनी कष्टकर रुपमा समय विताउन बाध्य रहेको पाइएको थियो। 

झुम्का कारागारका जेलर गणेश अधिकारीले मोरङबाट पठाइएका सबै जनालाई जिम्मा लिएर राखिएको जानकारी दिए। उनका अनुसार कारागारको ‘ए’ र ‘बी’ ब्लग खाली रहेका कारण उनीहरुलाई आधा÷आधा गरेर राखिएको छ। भीडभाड धेरै भएपछि र क्षमताले नथेगेपछि मोरङमा राख्ने ठाउँ नभएका कारण पठाइएका सबैलाई नियम अनुसारको सिदा खर्च खान पाउने गरी थुनामा राख्न आदेस सहितको पत्र पनि प्राप्त भएको जानकारी अधिकारीले दिए। 

सुन तस्करी र सनम हत्या काण्डमा ६३ जनालाई अभियुक्त बनाएर जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत वैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो। ३२ अभियुक्त अझै फरार छन्। मंगलबार पक्राउ परेका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसंग भने अदालतले बयान लिन सुरु गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.